साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माता हुन् चेतना-प्रभा

तत्त्वबोध गराएर सिकाए असली कुरा । पिता हुन् ज्ञानका दाता माता हुन् चेतना-प्रभा ।। वृद्धवृद्धाहरू हाम्रा देवतातुल्य हुन् बडा । त्यसैले हुन् पिता मित्र माता हुन् चेतना-प्रभा ।

Nepal Telecom ad

कविराज घिमिरे :

चल्दछन् विज्ञका उच्चा कर्माधिकारका सभा ।
सन्मार्गी हुन् पिता हाम्रा माता हुन् चेतना-प्रभा ।।१

पौडिन्छौँ लोकमा हामी आशिष् पाएर सर्वदा ।
पिता हुन् ज्ञानका माला माता हुन् चेतना-प्रभा ।।२

पियाई दुग्धका धारा समायौँ ज्ञानका जरा ।
पिता हुन् दिव्य चौतारी माता हुन् चेतना-प्रभा ।।३

यी हुन् जीवनका मार्ग ज्योतिभन्दा अझै कडा ।
पिता सौजन्य सत्पात्र माता हुन् चेतना-प्रभा ।।४

सन्मार्गमा हिँडुन् भन्दै पढाए जिन्दगी सदा ।
पिता विज्ञानको ज्ञान माता हुन् चेतना-प्रभा ।।५

ऐया आत्थो सबै बुझ्दा उघ्रिए चेतना घडा ।
तत्त्वदर्शी पिता हाम्रा माता हुन् चेतना-प्रभा ।६

शुन्यबाट भयौँ लाख टेकाए विश्व यो धरा !
पिता समृद्धि हुन् साझा माता हुन् चेतना-प्रभा ।।७

गरे छन् ममता माया मानेर उच्च सम्पदा ।
पिता सद्भावका खानी माता हुन् चेतना-प्रभा ।।८

तत्त्वबोध गराएर सिकाए असली कुरा ।
पिता हुन् ज्ञानका दाता माता हुन् चेतना-प्रभा ।।९

वृद्धवृद्धाहरू हाम्रा देवतातुल्य हुन् बडा ।
त्यसैले हुन् पिता मित्र माता हुन् चेतना-प्रभा ।१०

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x