सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

माता हुन् चेतना-प्रभा

तत्त्वबोध गराएर सिकाए असली कुरा । पिता हुन् ज्ञानका दाता माता हुन् चेतना-प्रभा ।। वृद्धवृद्धाहरू हाम्रा देवतातुल्य हुन् बडा । त्यसैले हुन् पिता मित्र माता हुन् चेतना-प्रभा ।

Nepal Telecom ad

कविराज घिमिरे :

चल्दछन् विज्ञका उच्चा कर्माधिकारका सभा ।
सन्मार्गी हुन् पिता हाम्रा माता हुन् चेतना-प्रभा ।।१

पौडिन्छौँ लोकमा हामी आशिष् पाएर सर्वदा ।
पिता हुन् ज्ञानका माला माता हुन् चेतना-प्रभा ।।२

पियाई दुग्धका धारा समायौँ ज्ञानका जरा ।
पिता हुन् दिव्य चौतारी माता हुन् चेतना-प्रभा ।।३

यी हुन् जीवनका मार्ग ज्योतिभन्दा अझै कडा ।
पिता सौजन्य सत्पात्र माता हुन् चेतना-प्रभा ।।४

सन्मार्गमा हिँडुन् भन्दै पढाए जिन्दगी सदा ।
पिता विज्ञानको ज्ञान माता हुन् चेतना-प्रभा ।।५

ऐया आत्थो सबै बुझ्दा उघ्रिए चेतना घडा ।
तत्त्वदर्शी पिता हाम्रा माता हुन् चेतना-प्रभा ।६

शुन्यबाट भयौँ लाख टेकाए विश्व यो धरा !
पिता समृद्धि हुन् साझा माता हुन् चेतना-प्रभा ।।७

गरे छन् ममता माया मानेर उच्च सम्पदा ।
पिता सद्भावका खानी माता हुन् चेतना-प्रभा ।।८

तत्त्वबोध गराएर सिकाए असली कुरा ।
पिता हुन् ज्ञानका दाता माता हुन् चेतना-प्रभा ।।९

वृद्धवृद्धाहरू हाम्रा देवतातुल्य हुन् बडा ।
त्यसैले हुन् पिता मित्र माता हुन् चेतना-प्रभा ।१०

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
को हुन् वृद्ध ?

को हुन् वृद्ध ?

कविराज घिमिरे
ए पाका हो !

ए पाका हो !

कविराज घिमिरे
को हुन् वृद्ध ?

को हुन् वृद्ध ?

कविराज घिमिरे
आमाबिनाको घर

आमाबिनाको घर

कविराज घिमिरे
आमा हुँदै छिन् ठिटी

आमा हुँदै छिन् ठिटी

कविराज घिमिरे
त्यो दागबत्ती कुरी

त्यो दागबत्ती कुरी

रामशरण न्याैपाने
मेरा बा र म बा

मेरा बा र म...

रमेश राज अर्याल
तँ अब मुढाे भइस्

तँ अब मुढाे भइस्

पिँडालु पण्डित
को हुन् वृद्ध ?

को हुन् वृद्ध ?

कविराज घिमिरे
आमाको सम्झना

आमाको सम्झना

रामशरण न्याैपाने
बुढ्यौली सेलो

बुढ्यौली सेलो

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x