
तीन ठोक्तक
मलाई समयले पढाएको अनमोल पाठ यो पनि हो सबैको हुन तम्सिने मान्छे कसैको पनि हुन सक्दैन ।

रुद्र ज्ञवाली :
अँध्यारोले अँध्यारोलाई चिर्दैन हटाउँदैन
चिल्लोले चिल्लोलाई काट्दैन कटाउँदैन
प्रेमले पो युद्ध जित्छ इतिहास साक्षी छ
यत्ति बुझ्नुस् घृणाले घृणालाई घटाउँदैन ।
पैसा थिएन र त्यो बेला पैसा नै सबथोक लाग्थ्यो
खानेकुरा थिएन साथमा अचम्मको भोक लाग्थ्यो
मर्दा रहेछन् रहरहरु पनि उमेर ओरालो लागेपछि
यथार्थ रहेछन् तिनै कुरा जुन पहिले जोक लाग्थ्यो ।
बिडम्बना मान्छेले आफ्नै मनको मैलो धुन सक्दैन
मन खोलेर हाँस्न सक्दैन धक फुकाएर रुन सक्दैन
मलाई समयले पढाएको अनमोल पाठ यो पनि हो
सबैको हुन तम्सिने मान्छे कसैको पनि हुन सक्दैन ।
०००
भैरहवा
Subscribe
Login
0 Comments
Oldest