साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को हौ तिमी ?

म चेसको प्यादा हुँ कि ? जहिले मर्न तयार म लुँडोको चक्की हुँ कि ? जहिले घुम्न तयार म क्रिकेटको बल हुँ कि ? जहिले सिमा नाघ्न तयार । म क्यारामको गोट्टी हुँ कि जहिले हामफाल्न तयार कि म फुटबल हुँ ? म को हुँ ?

Nepal Telecom ad

एम.पी. कियरलेस :

विज्ञानको परिभाषाभित्र सर्वश्रेष्ठ भनेर
जबर्जस्ती अटाइएको मान्छे भन्ने
को हुँ म ?

साल नालमा लल्पतिएर
चिच्चाई चिच्चाई सूर्यलाई ब्युँझाउने ।
को हुँ म ?
.
पुतलीको पछिपछि
बस्तुभाउ अघिअघि
जुनकीरीको तलतल
आफ्नै छायाको माथिमाथि दौडिरहेको
को हुँ म ?

यी अक्षर चिनेको
दुनियाँ बुझेको को हुँ म ?

भर्खरै
ढोका बाहिर फालिएको हो मलाई ।
नचाहिने बनेको को हुँ म ?

उधारो तिर्न
नसकेर पुरानो बाटो बदल्ने
नयाँ को हुँ म ?

स्कुलको गेटबाट फर्काइएको हो मलाई ।
अक्षरदेखि टाढा बसाइएको
निरक्षर को हुँ म ?

औषधिको पैसा तिर्न नसकेर
चिसो बनेको हुँ म ।
मर्नै जन्मेको को हुँ म ?

बाचा राख्ने
कसम खाने
को हुँ म ?

अघि भर्खर
सरकारी झ्यालबाट
नचाहिने कागज जसरी फालिएको हो मलाई ।
यो नागरिकता के हो ?
को हुँ म ?

संविधान र समाजका धारा धारामा छुटेको
बिचारा को हुँ म ?

जबर्जस्ती हात खुट्टा बाँधेर
मण्डपमा राखिएको हो मलाई ?
फेरि पनि सीता बन्न हिँडेकी
को हुँ म ?

उदाउँदो सूर्य
अस्ताउँदो जून
उदाउँदो जून
अस्ताउँदो सूर्य
यी जून सूर्यको जीवनचक्रको साक्षी,
को हुँ म ?

प्रेमको अङ्गालो छुट्दा पनि
रुनै नजान्ने को निष्ठुरी हुँ म ।

एक्कासौ शताब्दिमा
जागिर खोजिरहेको
को बेरोजगार हुँ म ?

देशको
नागरिकको सूचीमा भएको
तर
देशको आफ्नाको सूचीमा नभएको
पराई को हुँ म ?

तिमी सँगै गन्तव्यमा हिँडेको
तर बाटोमै छुटेको
को साथी हुँ म ?

खाट- भुइँ
झ्याल- खाट
सिँढी-आँगन
बाटो- चोक
गल्ली- ढोका
सौचालय- आलयहरूमा
पालो कुरिरहने
यति फुर्सदिलो को हुँ म ?

म चेसको प्यादा हुँ कि ?
जहिले मर्न तयार
म लुँडोको चक्की हुँ कि ?
जहिले घुम्न तयार
म क्रिकेटको बल हुँ कि ?
जहिले सिमा नाघ्न तयार ।
म क्यारामको गोट्टी हुँ कि
जहिले हामफाल्न तयार
कि म फुटबल हुँ ?
म को हुँ ?

परदेश पुगेको साथी भेटिना साथ
देश परदेश – देश परदेश
देश परदेश – परदेश देश
भन्दाभन्दै
देशभन्दा परदेश ठिक भन्ने म
देशद्राेही को हुँ म ?
के म अराष्ट्रिय तत्व हुँ ?
के म नमकहराम हुँ ?
के म पराई हुँ ?
हैन भने म चुप किन छु ?
कि म लाटो हुँ, म को हुँ ।

मेरो बासी लासमाथि राता चुरा
फुटाउने
ऊ को हो ?
उसलाई यत्ति पनि थाहा छैन ?

‘हे ताराजि विचार् नराखि तिमीले शोकै कती गर्दछ्यौ।
यो मेरो पति हो भनेर न बुझी व्यर्थै शरिर् हर्दछ्यौ॥
जीवै हो पति भन्दछ्यौ पनि भन्या मर्दैन जीव् ता कहीं।
देहै हो पनि भन्दछ्याै त किन शोक् गर्छ्यौ छ ऊ ता यहीं ।’
न आत्मको ज्ञान्
न धर्मको ज्ञान
ऊ को हो ?
को हुँ म ?

कसैलाई छैन अधिकार
सुन्दर- सान्त देशको
विमानस्थल फोहर गर्ने ।

मेरो कफनमाथि
बसेर यो देशमा पर्यटक भित्रन्छन् ।
को देश भक्त हुँ म ?
म कुन देशको नागरिक हुँ ?

यी बिम्बै बिम्बमा
बाँधिएको
बिम्बमा बाँध्न छुटेको
को हुँ म ?
को हौ तिमी ?

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के हुन्छ ?

के हुन्छ ?

महेन्द्र उपाध्याय
छ राम्रो म

छ राम्रो म

महेन्द्र उपाध्याय
झुठो बोलिरहँदा पनि साँचो लागोस्

झुठो बोलिरहँदा पनि साँचो...

महेन्द्र उपाध्याय
राजतन्त्र कि लोकतन्त्र ?

राजतन्त्र कि लोकतन्त्र ?

महेन्द्र उपाध्याय
को हुँ म ?

को हुँ म ?

महेन्द्र उपाध्याय
भिरबाट गोरू खस्ला

भिरबाट गोरू खस्ला

महेन्द्र उपाध्याय
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
आवा

आवा

रविन तिम्सिना ‘काेर्काली’
ऐनामा पनि कहिले मुहार हेर

ऐनामा पनि कहिले मुहार...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x