साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ राम्रो म

अचेल त कस्तो कस्तो भएको छु ? के यस्तै यस्तै थिएँ र तिम्रो म ? उसले खोजेको म हुँदै होइन ऊ अझै खोजी रहेको छ पुरानो म ।

Nepal Telecom ad

महेन्द्र उपाध्याय :

कोही खास बनिसकेँ उसकाे म
ऊ सुनाउँछ सुनी बस्छु गुनासो म ?

तिमी पनि कम त हुँदै होइनौ साथी
तर दुनियाँ भनिरहेको छ राम्रो म ।

मलाई सक्न भनेर तिमी आफैं आयौ
त्यसैमाथि थिएँ कति सजिलो म ?

एकातर्फ तिमी अर्को तर्फ ऊ
रहे बिचमा रातभर अनिदो म ।

ईन्तजार रहने छ, अझै केही बेर
आशा बनेको छ तेल मेरो, बनेँ दियो म ।

अचेल त कस्तो कस्तो भएको छु ?
के यस्तै यस्तै थिएँ र तिम्रो म ?

उसले खोजेको म हुँदै होइन
ऊ अझै खोजी रहेको छ पुरानो म ।

मैले भने जसरी, भनी देखाऊ तिमी
हुँ नयाँ जादुगर गजलको म ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x