साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ राम्रो म

अचेल त कस्तो कस्तो भएको छु ? के यस्तै यस्तै थिएँ र तिम्रो म ? उसले खोजेको म हुँदै होइन ऊ अझै खोजी रहेको छ पुरानो म ।

Nepal Telecom ad

महेन्द्र उपाध्याय :

कोही खास बनिसकेँ उसकाे म
ऊ सुनाउँछ सुनी बस्छु गुनासो म ?

तिमी पनि कम त हुँदै होइनौ साथी
तर दुनियाँ भनिरहेको छ राम्रो म ।

मलाई सक्न भनेर तिमी आफैं आयौ
त्यसैमाथि थिएँ कति सजिलो म ?

एकातर्फ तिमी अर्को तर्फ ऊ
रहे बिचमा रातभर अनिदो म ।

ईन्तजार रहने छ, अझै केही बेर
आशा बनेको छ तेल मेरो, बनेँ दियो म ।

अचेल त कस्तो कस्तो भएको छु ?
के यस्तै यस्तै थिएँ र तिम्रो म ?

उसले खोजेको म हुँदै होइन
ऊ अझै खोजी रहेको छ पुरानो म ।

मैले भने जसरी, भनी देखाऊ तिमी
हुँ नयाँ जादुगर गजलको म ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हिसाब बराबर भयो

हिसाब बराबर भयो

महेन्द्र उपाध्याय
जे पनि हुनसक्छ

जे पनि हुनसक्छ

महेन्द्र उपाध्याय
गधाको यात्रा स्मरण

गधाको यात्रा स्मरण

महेन्द्र उपाध्याय
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x