महेन्द्र उपाध्यायजे पनि हुनसक्छ
आउनेले धकेल्नेछन्, अझै केही पर छोडी जानेको पनि ठूलो गुन थियो ।

महेन्द्र उपाध्याय
भीष्मका लागि को थियो ? कुन थियो ?
न बस्ने आसन, न शिरमा मुकुट थियो
जे पनि हुनसक्छ समयले बोल्यो प्यारा
आजसम्म त समय चुप थियो
यसकारण तोडेँ मैले पनि सीमा कृष्ण
उसको अधि सबथोक, मेरो अघि कानून थियो
हेराईमा माया उसको, बोलीमा मह थियो
गुराँस जस्तैः ऊ, अनुहारमा फागुन थियो
के बुझाउँला खै, तिम्रो त्यत्रो हिसाब
मेरो हैसियत नै, चानचुन थियो
आउनेले धकेल्नेछन्, अझै केही पर
छोडी जानेको पनि ठूलो गुन थियो
के भनौँ एम पि, यतिसम्मै भयो
मन पुरै अँध्यारो, आकाशमा जून थियो ।
०००
लम्कीचुहा, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































