साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐठन

पछि काम दिने धन जोर्न सके मनमा अभिलाष यसै छ सखे कसरी अब उत्रिनु खै रिङमा किन ऐठन हुन्छ सधैँ निँदमा ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

पदमै बसुँला मन आस थियो
पद जान्छ कि वा मनमा छ चिसो
यतिसम्म अडेँ पदकै जिदमा
किन ऐठन हुन्छ सधैँ निँदमा ।

पदमा रहँदा कति खेल भए
रुपियाँ सुविधा भरमार थिए
कति मस्त झुलेँ अघि सो पिङमा
किन ऐठन हुन्छ सधैँ निँदमा ।

कति दान दिएर खुसामदले
भरथेग गरेँ अघि यो पदले
कति दाल तयार गरेँ हिँङमा
किन ऐठन हुन्छ सधैँ निँदमा ।

सब मस्त सुते अब रात भयो
निँद छैन यता बरबाद भयो
सकिएछ सुरा कि छ खै पिँधमा
किन ऐठन हुन्छ सधैँ निँदमा ।

सपना पनि खै किन हो किन हो
हर बार उही अघिकै छ अहो !
अझ घाउ असह्य छ यो रिडमा
किन ऐठन हुन्छ सधैँ निँदमा ।

पछि काम दिने धन जोर्न सके
मनमा अभिलाष यसै छ सखे
कसरी अब उत्रिनु खै रिङमा
किन ऐठन हुन्छ सधैँ निँदमा ।

म छु दाइ भनी जुन आउँदथे
र सलाम गरी गुन गाउँदथे
अब ती कमिला न फिरे गुँडमा
किन ऐठन हुन्छ सधैँ निँदमा ।

०००
विकास चोक ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x