साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधाको यात्रा स्मरण

म आज फेरि त्यही विद्यालय छेउ आइपुगेको छु । जहाँ सुरूमा मेरो मस्तिष्कलाई सुगा बन्ने तालिम दिइएको थियो । र अन्त्यमा मलाई गधाको रूपमा बिदाइ गरिएको हो । यो एक गधाको यात्रा स्मरण हो ।

Nepal Telecom ad

महेन्द्र उपाध्याय :

मेरा आँखा
त्यही आकाशमुनि लागेका हुन् ।
जसको ठीक माथि

– न
कुनै चम्किलो लोभ थियो ।
– न
कुनै टिलपिलाउँदै सपना थिए ।
– न
बग्थ्यो हावामा आशाको कुनै तन्द्रा ।

मैले
ढुङ्गा बिउँझनुअघि नै त्यो सहर छोडेको हुँ
जुन सहरमा
मान्छे बिँउझनुभन्दा…….पहिले ढुङ्गा ब्युँझिने गर्छन् ।
अनि ढुंगाको निर्देशनमा चल्छ …….मान्छेको दैनिकी ।
त्यसैले
हरेक मन
ढुङ्गा बन्न जाग्छ हरेक बिहान ।
जुनसुकै बेला मान्छे ढुङ्गामा परिणत हुन सक्छ ।

ढल्छ
– खाट … खाडलमा ।

मेरो यात्रामा यस्ता पनि साथी भेटिएका थिए,
जसको स्वभाव उनीहरूको मालिकजस्तो थियो ।

मेरो यात्रामा यस्ता पनि सन्तान भेटिएका थिए,
उनीहरू ठीक आफ्ना पिताजस्ता थिए।


आज फेरि
त्यही विद्यालय छेउ आइपुगेको छु ।
जहाँ
सुरूमा
मेरो मस्तिष्कलाई
सुगा बन्ने तालिम दिइएको थियो ।

अन्त्यमा
मलाई
गधाको रूपमा बिदाइ गरिएको हो ।
यो एक गधाको यात्रा स्मरण हो ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x