महेन्द्र उपाध्यायगधाको यात्रा स्मरण
म आज फेरि त्यही विद्यालय छेउ आइपुगेको छु । जहाँ सुरूमा मेरो मस्तिष्कलाई सुगा बन्ने तालिम दिइएको थियो । र अन्त्यमा मलाई गधाको रूपमा बिदाइ गरिएको हो । यो एक गधाको यात्रा स्मरण हो ।

महेन्द्र उपाध्याय :
मेरा आँखा
त्यही आकाशमुनि लागेका हुन् ।
जसको ठीक माथि
– न
कुनै चम्किलो लोभ थियो ।
– न
कुनै टिलपिलाउँदै सपना थिए ।
– न
बग्थ्यो हावामा आशाको कुनै तन्द्रा ।
मैले
ढुङ्गा बिउँझनुअघि नै त्यो सहर छोडेको हुँ
जुन सहरमा
मान्छे बिँउझनुभन्दा…….पहिले ढुङ्गा ब्युँझिने गर्छन् ।
अनि ढुंगाको निर्देशनमा चल्छ …….मान्छेको दैनिकी ।
त्यसैले
हरेक मन
ढुङ्गा बन्न जाग्छ हरेक बिहान ।
जुनसुकै बेला मान्छे ढुङ्गामा परिणत हुन सक्छ ।
र
ढल्छ
– खाट … खाडलमा ।
मेरो यात्रामा यस्ता पनि साथी भेटिएका थिए,
जसको स्वभाव उनीहरूको मालिकजस्तो थियो ।
र
मेरो यात्रामा यस्ता पनि सन्तान भेटिएका थिए,
उनीहरू ठीक आफ्ना पिताजस्ता थिए।
म
आज फेरि
त्यही विद्यालय छेउ आइपुगेको छु ।
जहाँ
सुरूमा
मेरो मस्तिष्कलाई
सुगा बन्ने तालिम दिइएको थियो ।
र
अन्त्यमा
मलाई
गधाको रूपमा बिदाइ गरिएको हो ।
यो एक गधाको यात्रा स्मरण हो ।
०००
लम्कीचुहा, कैलाली
Subscribe
Login
0 Comments
Oldest









































