साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रदेशस्तरीय खुल्ला कविता प्रतियोगितामा पाँच उत्कृष्ठ कविता छनौट

Nepal Telecom ad

धादिङ, २०८१ जेठ ७ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले बागमती प्रदेशस्तरीय खुल्ला कविता प्रतियोगितामा पाँच उत्कृष्ठ कविताहरू छनौट गरिएको छ ।

प्राप्त भएका कविताहरू पहिलो चरण अन्तर्गत विज्ञबाट मूल्याङ्कन गराई पाँच उत्कृष्ट कविता छनौट गरी तिनको सूची प्रकाशित गरिएको छ ।

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले एक विज्ञप्ति जारी गरि उक्त सूची प्रकाशित गरिएको हो । छनौट गरिएका कविताहरूमा अजय रिजाल (ललितपुर)को ‘पुपुरोमा हात’, नुवाकोटका उत्तमराज भेटुवालको ‘म नेपाल लेखूँ’, नुवाकोटकै प्रदिप कोइरालाको ‘नदी’, सिन्धुलीका रुपक घलानको ‘खुर्सानी बारी’ र धादिङका विजय तामाङको ‘दाजुलाई सन्देश’ कविता रहेका छन् ।

भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, दर्शनशास्त्र, समाजशास्त्र, ज्ञानविज्ञान र प्रविधिको संरक्षण तथा सम्वद्र्धनका लागि कार्य गरिरहेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले बागमती प्रदेशस्तरीय खुल्ला कविता प्रतियोगिताको आयोजना गरिएको जनाइएको छ ।

एक महिनाको समयसीमा राखी इच्छुक कवि/कवयित्रीहरूबाट कविता आव्हान गरिएको थियो । २०८० चैत्र २३ गतेदेखि २०८१ वैशाख २२ सम्म मापदण्ड पुगी प्राप्त भएका कविताहरु पहिलो चरण अन्तर्गत विज्ञबाट मूल्याँकन गराई पाँच उत्कृष्ट कविता छनौट गरी प्रकाशित गरिएको कुरा विज्ञप्तिमा उल्लेख छ ।

छनौटमा परेका कविता वाचनका लागि दोस्रो चरणमा कवि/कवयित्रीहरूलाई धादिङबेसीमा एक कार्यक्रमका बीच आमन्त्रण गरिने भएको छ । कविता परीक्षणको अङ्क र वाचनको अङ्क जोडी प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने कविता र सम्बन्धित कवि/कवयित्रीहरूको नाम घोषणा गरी पुरस्कृत गरिनेछ ।

कविता गद्य वा पद्यमा अधिकतम १८० शब्द सीमाभित्र रही राष्ट्र, राष्ट्रियता, प्राकृतिक विविधता तथा सामाजिक सद्भावप्रति समर्पित हुनुपर्ने व्यवस्था गरिएको थियो । पुरस्कारको रकम प्रथम, द्वितीय र तृतीयलाई क्रमशः बीस हजार, पन्ध्र हजार, दस हजार र सान्त्वना स्थान प्राप्त गर्ने दुईजनालाई रु. पाँच/पाँच हजार रहेको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x