साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाश भएपछि

एकदिन यसतो आउँछ हाम्रो यही चाला रहिरह्यो भने, कि त सिक्किम हुन्छ देश देशबाट नै निकास भएपछि ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

देश पक्का पक्की बन्छ साम्राज्यवाद पास भएपछि,
अब उनीहरूको हाम्रो देशभित्र सधैँ निवास भएपछि ।

चिन्ता नगरौँ कसैले अवश्य हुन्छ स्वाभिमानको रक्षा,
उनीहरूको कलो खाएर सधैँका लागि दाश भएपछि ।

तिमीले भन्छौ देशमा कुटो कोदालो गरेर बस्छौँ हामी,
तिम्रो दावा समेत झुट हुनेछ समस्यको रास भएपछि ।

सरकार आज पनि आफ्नो भोली पनि नेताले भन्छन्,
नागरिकको खाँचो छैन विदेशीहरू नै खास भएपछि ।

उसले उपचार अवश्य गर्छ आज नभए भोली रोगको,
जीवित गर्न नसके पनि गर्छ रोगी मरेर लाश भएपछि ।

एकदिन यसतो आउँछ हाम्रो यही चाला रहिरह्यो भने,
कि त सिक्किम हुन्छ देश देशबाट नै निकास भएपछि ।

ऊ नेता हो किन सुध्रिन्थ्यो देशलाई नै अचानो बनायो,
बुद्धि अवश्य पनि पलाउँछ यो देशको नाश भएपछि ।

०००
दाङ घोराही १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
हामी नेपाली

हामी नेपाली

काशीनाथ मिश्रित
सासूससुरा पालैपालो हसुर !

सासूससुरा पालैपालो हसुर !

रणबहादुर बुढाथोकी ‘भैया’
देशको खर-खजना कहाँ छ ?

देशको खर-खजना कहाँ छ...

जीवन आचार्य निश्चल
रुपियाँ

रुपियाँ

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x