साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जान्छन् सबै बाहिर- (४)

विचार भाव तुच्छ छन्, भने कुदृष्टि बढ्दछन्। विशुद्ध सोच त्याग्दिने, कुपुत्र मात्र जुट्दछन्।। कराल काल भूतझैँ, भएर देश बन्छ र ?। सबै युवा सुताहरू, गए समस्त बाहिर।।

Nepal Telecom ad

केपी पाैडेल :

अनेक काण्डको यहाँ, भएछ तीव्र ताण्डव।
मनुष्य बन्न सक्छ को, बनेर दुष्ट दानव ?।।
तुफानले अझै यहाँ, उराल्छ स्वच्छ सागर।
सबै युवा सुताहरू, गए समस्त बाहिर।।-१

विभिन्न छुद्र खालको, विकार चाल देखियो ।
जताततै पिशाचझैँ, दुसाध मात्र भेटियो।।
भनेर दिक्क मान्दछन्, कठै मनुष्य आखिर।
सबै युवा सुताहरू, गए समस्त बाहिर ।।-२

खराब भ्रष्ट दुष्टका, कुकर्म उग्र ताल छन् ।
किसान वर्ग निम्नका, असङ्ख्य चोट कष्ट छन् ।।
प्रकोपले अभावले, व्यथा दियो निरन्तर ।
सबै युवा सुताहरू, गए समस्त बाहिर।।-३

पहाडका मधेशका, हिमालका कथा सुनौँ।
समग्र भूमि देशमा, विलाप छन् नि दर्जनौँ।।
कुपात्र नीच लुट्दछन्, कहाँ विकास हुन्छ र ?।
सबै युवा सुताहरू, गए समस्त बाहिर।।-४

विचार भाव तुच्छ छन्, भने कुदृष्टि बढ्दछन्।
विशुद्ध सोच त्याग्दिने, कुपुत्र मात्र जुट्दछन्।।
कराल काल भूतझैँ, भएर देश बन्छ र ?।
सबै युवा सुताहरू, गए समस्त बाहिर।।- ५

प्रवीण श्रेष्ठ विज्ञको, सुझाव सुन्न सक्छ को ?।
समाज राष्ट्र सर्वको, सुधार गर्न सक्छ को ? ।।
विलाप गर्दछन् युवा, मिलेन काम जागिर।
सबै युवा सुताहरू, गए समस्त बाहिर।।-६

०००
बट्टार, नुवाकोट । हाल: बालाजु, काठमाडौं ।
मोबाइल नं.९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
0
Would love your thoughts, please comment.x
()
x