साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठानको १५९ औँ काव्यगाेष्ठी भानु विशेष

काव्यगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित प्रा. डा.जीवन अधिकारी, विशिष्ट अतिथि डा.बमबहादुर थापा जितालीकाे गरिमामय उपस्थितिमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं । अनुपम सिर्जना प्रतिष्ठान नेपालको १५९ औँ नियमित काव्यगाेष्ठी २१३ औँ भानु जयन्ती विशेषका रूपमा सम्पन्न भएकाे छ ।

काव्यगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित प्रा. डा.जीवन अधिकारी, विशिष्ट अतिथि डा.बमबहादुर थापा जितालीकाे गरिमामय उपस्थितिमा सम्पन्न भएकाे हाे ।

उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको यस काव्य गोष्ठीमा छन्द, लोकछन्द, र भानु केन्द्रित सिर्जना प्रस्तुत गरिएकाे थियाे ।

यस गरिमामय गोष्ठीमा जीवन अधिकारी (भुजङ्गप्रयात- सिर्जना उपासना), बमबहादुर थापा जिताली (शार्दूलविक्रीडित – भानुमोती खोजिनीति ), भुवनहरि सिग्देल (भानुको सिर्जना वाचन), नरनाथ लुइँटेल (तोटक – कति मर्नु – डिल्लीप्रसाद मुलतिहूनको सिर्जना), जगदीश्वर पोखरेल (स्रग्विणी – भानुमा वन्दना), दुर्गा रिमाल धिकारी (स्रग्विणी – जन्मिए मृत्युमा), बिनुबाबा घिमिरे (स्रग्विणी – लामखुट्टे), कमला पन्थी अधिकारी (स्वागता – वृद्धको सकस), वीरबहादुर लोहनी (लोकछन्द – भानुमहिमा) लगायतले रचना वाचन गर्नुभयाे ।

प्रमुख आमन्त्रित जीवन अधिकारीले अनुपम सिर्जना प्रतिष्ठान नेपालले छन्दको उन्नयनमा योगदान गरेको बताउँदै स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गरेको छ भन्नु भयो । उहाँले वाचित कविताको समीक्षा गर्दै हाम्रा हरेक सिर्जनामा निर्मम आलाेचना नभएसम्म लेखन परिस्कार नहुने बताउनु भयाे ।

नयाँ आजीवन सदस्य कमला पन्थी अधिकारीलाई प्रमुख अतिथि घिमिरेले आजीवन सदस्यताकाे प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।

गोष्ठीका अध्यक्ष भुवनहरि सिग्देलले भानुले नेपाली भाषामा गरेको योगदानको चर्चा गर्दै भानुकाे जीवन प्रसङ्गमा लेखिएकाे पहिलाे प्रकाशित लेखकाे स्मरण गर्दै भानुका केही राेचक पद्यहरू उद्धरण गर्नु भएकाे थियाे । उहाँले एडमार्क कलेजले सभाकक्ष उपलब्ध गराएर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । संस्थाको अनुरोधलाई स्वीकार गरी सहभागी भएर कविगोष्ठी सफल बनाई दिनु हुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिँदै समारोह समाप्त भएको घोषणा गर्नु भएको थियो ।

कविगोष्ठीकाे सहजीकरण संस्थाका उपाध्यक्ष जगदीश्वर पोखरेलले गर्नु भएको थियो ।

०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x