साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्य शृङ्खला- ४५)

भार्या हुन् दिलकी प्रेमी हँसिली मधुमालिनी । आज्ञा पालनको छोरोसँगमा होस् पराक्रमी ॥ ज्ञान विज्ञानका पात्र हुँदा सभ्य सुसन्तति । फुल्छ वगानमा राम्रो विशेष पुष्प मालती ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

कर्मका बलले गर्दा जन्म हुन्छ मनुष्यको ।
कर्मले मार्ग बन्ने हो वर्तमान भविष्यको ॥ (२७०)

चाहिन्छ शूरतासाथै ज्ञानले बन्छ सज्जन ।
यसैका खोजमा लागे बन्छ , सुन्दर जीवन ॥ (२७१)

छोरा मात्र भए धेरै, हुँदैन कुल उन्नति ।
थिए सगरका छोरा हजार के भयो गति ॥ (२७२)

विशेष गुणको छोरो मात्र एक नहोस् किन ।
चम्किन्छ कुलको दीप रविझैँ मन कञ्चन ॥ (२७३)

विकार मल मूत्रादिसँगमा परिपूणर्को !
शरीर अन्नको भाँडो, बन्नेछ भवको दियो !! (२७४)

तीर्थ र व्रत दानादि परोपकारमापनि ।
लगाए मन यो हाम्रो हुन्छ सफल जीवनी ॥ (२७५)

जिन्दगी धान्नमा हाम्रा सन्तानसँग सत्यता ।
सारथि बन्छ यो राम्रो धर्मकर्म सुसभ्यता ॥ (२७६)

सूत्र अनेक छन् त्यस्तै जिन्दगी सुख सारका ।
स्वास्थ्य जीवनका साथ मन शान्त विशेषता ॥ (२७७)

भार्या हुन् दिलकी प्रेमी हँसिली मधुमालिनी ।
आज्ञा पालनको छोरोसँगमा होस् पराक्रमी ॥ (२७८)

ज्ञान विज्ञानका पात्र हुँदा सभ्य सुसन्तति ।
फुल्छ वगानमा राम्रो विशेष पुष्प मालती ॥ (२७९)
क्रमशः

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x