साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

जतिसुकै पुकार गरे पनि निदाएको कुम्भकर्ण जाग्दैन जे जस्तो भुङ्ग्रोमा सेकाए पनि चिसिएको मन तात्दैन शास्त्र सिद्धान्तका डकार कति डकार्नु हुन्छ पण्डितजी सिद्धान्तका दाउरा जोरेर मात्रै भाँडोमा जाउलो पाक्दैन ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
फुलाउँदा फुलाउँदै मन कुन दिन ओइलाई झरिन्छ
पुर्दापुर्दै दुःखका खाडल आफै खाडलमा परिन्छ
पर्खिनु हो कि जिन्दगी भेट्टाउनु पनि हो खै कुन्नि
कुर्दाकुर्दै र दगुर्दादगुर्दै कुन दिन घुप्लुक्क मरिन्छ ।

२.
जता कुल्यायो त्यतै कुलिने मन भन्नु पनि के रहेछ र
खुशी र सुख किनिदैन भने धन भन्नू पनि के रहेछ र
इज्जतका नाममा आफ्नै चाहना र रहरहरू मार्नु पर्ने
मर्नकै खातिर बाँचेजस्तो जीवन भन्नू पनि के रहेछ र ।

३.
जतिसुकै पुकार गरे पनि निदाएको कुम्भकर्ण जाग्दैन
जे जस्तो भुङ्ग्रोमा सेकाए पनि चिसिएको मन तात्दैन
शास्त्र सिद्धान्तका डकार कति डकार्नु हुन्छ पण्डितजी
सिद्धान्तका दाउरा जोरेर मात्रै भाँडोमा जाउलो पाक्दैन ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x