साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्व खवर

सबै प्राणी मर्छन् जगतभरि फैली विकिरण । युरोपेली सोभीयत रुस लडेका किन रण । सबै शान्तिप्रेमी मुलुक किन पार्छन् थररर । गरून् रक्षा चण्डी, सुमति भरिदेऊ हरिहर ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

गयो शान्ति स्वस्ति प्रगति थलियो ध्वंश मचियो ।
अचानो थाप्तैछन् जिउनु कदरी युध्द रचियो ।
जुधेका छन् साँढे मुलुक निहुँ खोज्ने छ तवर ।
सुनौँ जस्ता छैनन् अशुभकर छन् विश्व खवर ।१।

चढेकोथ्यो राम्रै प्रगतितिर विज्ञान वरद ।
भयो ऐले भष्मासुर छ यसको दैत्य हरक ।
खसाल्दैछन् को को कुन मुलुकमा एटम बम ।
सधैँ धम्की दिन्छन्, कुन दिन जगत् हुन्छ खतम ।२।

खनेका छन् खाल्टो कुन पुरिन पर्नेछ त्यसमा ।
घमण्डी नेताको मति तुजुक नै छैन वशमा ।
जिलेन्सी युक्रेनी विचलित बनाए पुटिनले ।
यहूदी इस्लामी कुन थलिन पुग्छन् कुदिनले ।३।

भिडे दुम्सी काँढे हरिप रिपु क्षेप्यास्त्र अचुक ।
खरानी पार्दैछन् जन धन प्रतिष्ठान समुच ।
चलेका छन् अन्तर्मुलुक र महाद्वीप समर ।
सुनौला त्यो विष्फोटन पनि भरेभोलि खबर ।४।

नसा जित्ने राखे पछि जिउन गाह्रो छ सकस ।
डढेलो झैँ जल्ने अणु बम नपड्कोस् भरसक ।
धरामा बाँच्तैनन् जन, पशु,चरा जीवन बुटी ।
चिता बन्ला धर्ती उभयचर नै बन्छ सुकुटी ।५।

सबै प्राणी मर्छन् जगतभरि फैली विकिरण ।
युरोपेली सोभीयत रुस लडेका किन रण ।
सबै शान्तिप्रेमी मुलुक किन पार्छन् थररर ।
गरून् रक्षा चण्डी, सुमति भरिदेऊ हरिहर ।६।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x