साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदर्श नेता

खाली गोडा गत समयमा हिँड्दथे पान्थ जस्तै गाडी घोडा सकल अहिले छन् कमाएर मस्तै । यस्तालाई परिचय दिने हुन्छ कालो छ फेटा त्यागौं हामी शठ अगतिला खोज्न आदर्श नेता ॥

Nepal Telecom ad

हृषीकेश बराल :

नारीलाई छलकपटले जो बलात्कार गर्ला
त्यस्तालाई सब जन मिली निश्चितै नास्नुपर्ला ।
हामी राखौं अभिमत यही फेरि गुथ्ला नि फेटा
खोजौं राम्रा असल मनका सत्य आदर्श नेता ॥१

गोही जस्तै उदर भरिँदा अश्रु धारा बगाई
फर्केलान् ती मनन गरियोस् खेद्न लाठो लगाई ।
सीधासाधा गरिप निमुखा खान सक्लान् नि गोता
फालौं यस्ता अधम मतिका खोज्न आदर्श नेता ॥२

श्रीलंकाकै पथतिर गयो भन्दछन् देश हाम्रो
रित्त्याएछन् मुलुक ढुकुटी लाग्छ सुन्दा नराम्रो ।
यस्तालाई अवसर दिँदा भोग्नु पर्नेछ गोता
खोजी ल्याऊँ धुइँधुइँ गरी जो छ आदर्श नेता ॥३

आमा काटी रगत पिउँदै देह टुक्रा बनाए
यस्ता नेता मुलुकभर छन् डुङ्ग कस्तो गनाए ।
पापीलाई अबिर घसियो साथमा लाल फेटा
फेरौं आयो समय अब ता खोज्न आदर्श नेता ॥४

खाली गोडा गत समयमा हिँड्दथे पान्थ जस्तै
गाडी घोडा सकल अहिले छन् कमाएर मस्तै ।
यस्तालाई परिचय दिने हुन्छ कालो छ फेटा
त्यागौं हामी शठ अगतिला खोज्न आदर्श नेता ॥५

०००
पोखरा -२६कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x