साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयो वसन्त किन हो बहुतै रमाई

नाता कृपा मनुजका, गण छन् विभिन्न । सोझा र विज्ञजनका, किन मान हुन्न ?॥ खोक्छन् घमण्डपनले, पदभार पाई । आयो वसन्त किन हो, बहुतै रमाई ?

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल :

कान्ला गरा बगरले, खुब याद दिन्छन् ।
पाखा कुना विपिनले, भरथेग माग्छन् ॥
रम्छन् विदेश मनुवा , पसिना बगाई ।
आयो वसन्त किन हो, बहुतै रमाई ?॥-१

गएर बाहिर युवा , युवती रमाए ।
हाम्रा विशाल सपना, विपना हराए ॥
रुन्छिन् धरा विरहले, पिरलो बढाई ।
आयो वसन्त किन हो, बहुतै रमाई ?॥-२

सत्ता र शासन भनी, मनुवा दगुर्छन् ।
मौका मिले दिनदिनै, सरकार फेर्छन् ॥
जाली र भ्रष्टहरूका, अति छन् कमाई ।
आयो वसन्त किन यो, बहुतै रमाई ?॥-३

सज्जा र मान पदले, नर ती ठुला छन् ।
चाहिन्न कर्म गतिलो, उपहार खोज्छन् ॥
नाच्छन् यहाँ दनुज ती, सुरताल पाई ।
आयो वसन्त किन हो, बहुतै रमाई ?॥-४

गर्छन् अनेक छल ती, सजिलै मिलाई ।
मासेर राज्य धनको, नहिँडून् गनाई ॥
नारा र भाषण दिए, मुखले कराई ।
आयो वसन्त किन हो, बहुतै रमाई ?॥-५

नाता कृपा मनुजका, गण छन् विभिन्न ।
सोझा र विज्ञजनका, किन मान हुन्न ?॥
खोक्छन् घमण्डपनले, पदभार पाई ।
आयो वसन्त किन हो, बहुतै रमाई ?॥-६

०००
बट्टार, नुवाकोट । हालः बालाजु, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x