साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्यका दुई छिर्के

उनको भनाई मानिन थाल्यो अहिले वजनदार बढ्दा उनको पदको भार। सज्जनले नै अचेल सहनु पर्छ दुर्जनको मार।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

लडाइदियो छिर्के लाएर- १

ठानेको थिएँ आएको होला खुट्टा ढोग्न भनेर
झन् लडाइदियो छिर्के लाएर।
सोचेको थिएँ
आएको होला मलाई बोक्न भनेर
झन् खसाइदियो खोंचमा पुर्‍याएर।

को छ मित्र ? को छ शत्रु ?
छुट्याउनै गाह्रो भइसक्यो अहिले,
सोचेको थिएँ आएको होला
सहयोग गर्न, केहि ल्याएर
झन् सिध्याई गयो
जो थियो घरमा त्यो पनि चपाएर।

प्रस्ताव सर्वसम्मत स्वीकार- २

उनको प्रस्ताव सर्वसम्मतिले
गरियो स्वीकार
बढ्दा खल्तीको भार।

उनको भनाई मानिन थाल्यो
अहिले वजनदार
बढ्दा उनको पदको भार।
सज्जनले नै अचेल
सहनु पर्छ दुर्जनको मार।

चल्ती हुनेको चलिहाल्छ
जस्तोसुकै गल्ती
झन थपिन्छ घाँटीमा
फूलको हार।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x