साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समानता अभियान

"यो पानी पियाउने टोलीमा रामे, चामे र मिरालाई हटाएर अरू बालकलाई जिम्मा दिनुपर्छ।"- हेड सर छविलालले लिष्टमा चिनाे लगाउँदै प्रस्ताव राखे।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“सबै मानिसहरू बराबर नै हौँ । जातले कुनै पनि ठुलो सानो हुँदैन। हामी विध्यालयमा सँगै जसरी मिलेर पढाई गरिरहेका हुन्छौँ त्यही प्रकारले समाजमा पनि सहकार्य गर्नुपर्छ।” हेड सर छविलालले विध्यालयमा सुक्रवारिय कार्यक्रमको द्वौरानमा सबैलाई सम्वाेधन गर्दै भने।

प्रचण्ड गर्मी परेकोले विध्यालयले भोलिपल्ट सर्वतको मिठो पानी बनाएर आम जनमानसमा पियाउने निधो गर्यो विध्यालयको बाहिर, छुट्टीको दिनलाई सदुपयोग गर्ने भन्दै।

कार्यक्रमपछि उक्त कार्यका लागि सटिकमा विध्यालयका सबै कर्मचारी स्टाफहरूको मिटिङ्ग बस्यो।

बजारबाट समान लिएर आउने लगायतका कयौँ कार्यमा कतै कसैको विवाद आएन सर्वसम्मतिले टुङ्गियो।

“यो पानी पियाउने टोलीमा रामे, चामे र मिरालाई हटाएर अरू बालकलाई जिम्मा दिनुपर्छ।”- हेड सर छविलालले लिष्टमा चिनाे लगाउँदै प्रस्ताव राखे।

“किन सर ? यिनी बालक अत्यन्तै सिपालु छन् नि यो काममा ।”- अर्का एकजना मास्टरले बच्चाहरूको प्रशंसा गर्दै सोधे।

“नालायक त मैले पनि भनिनँ तर यो गाउँ भनेको ब्राहमणहरूको बाहुल्य भएको गाउँ हो । यहाँ विवाद नहाेस् भन्ने हेतुले भनिएको हो। -हेड सर छविलालले सुझाव दिए।

ब्यानरमा भने ‘समानताका लागि हाम्रो अभियान’ लेखिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x