फित्काैली डटकमसाहित्यकार डा.न्यौपानेको कृति लोकार्पण र रचना वाचन कार्यक्रम
अग्रज कवि तथा साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सिस्नु पानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नेगेको बिशिष्ट आतिथ्यता रहेको थियो ।

झापा, २०८२ कात्तिक । साहित्य कला सङ्गमको आयोजनामा साहित्यकार डा. लेखनाथ न्यौपानेको “स्वस्थ्य जीवन ” कृतिको लोकार्पण एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ ।
अग्रज कवि तथा साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सिस्नु पानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नेगेको बिशिष्ट आतिथ्यता रहेको थियो ।
उक्त कृतिलाई प्रमुख अतिथि डा.तुलसि प्रसाद भट्टराई, विशिष्ट अतिथि लक्ष्मण गाम्नागे, दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारी,साहित्यकला सङ्गमका अध्यक्ष बिन्दु दहाल मुकदर्शक, प्रतिभा निकेतनका अध्यक्ष कमल प्रसाद भट्टराई,अग्रज साहित्यकारहरु खेमलाल पोखरेल,डा. खगेन्द्र दहाल, छबिरमण न्यौपाने,कृतिकार डा.लेखनाथ न्यौपाने लगायतले सयुक्त रुपमा लोकार्पण गरेका थिए ।
उक्त कृतिको समिक्षात्मक टिप्पणी डा. गुरु पौडेल र सहित्यकार मेघनाथ बन्धुले गरेका थिए । साथै उक्त कार्यक्रममा साहित्य कला सङ्गमको सिर्जनशिल रचना वाचनको छपन्नौ श्रृङ्खला समेत सम्पन्न भएको छ ।उक्त रचना वाचन कार्यक्रममा दुई दर्जनभन्दा बडी स्रष्टाहरुले रचना वाचन गरेका थिए ।रचना वाचन गर्ने स्रष्टाहरुमा
उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले,दुर्गा खनाल काफ्ले, महासचिव ओमप्रसाद खनाल,सचिव बीरेन्द्र खडका,सहसचिव मेघनाथ बन्धु,कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी,सदस्यहरु बिवेक दुलाल क्षेत्री, रामप्रसाद उपाध्याय, साहित्यकारहरु पदम ओली, चन्द्र सम्बाहामफे, जय मोक्तान, हिमाल सुब्बा गुराश, टंक पाठक, गोपाल दहाल, अम्बिका प्र. सापकोटा, भगवती दवाडी, शारदा निरौला, डिल्ली निरौला, खड्गबहादुर खडका, किशोर खनाल, भुपेन्द्र तिम्सिनारहेका थिए ।
कार्यक्रममा बुढ्यौली साहित्य समाज झापाका अध्यक्ष हरिप्रसाद रिमाल, प्राच्य बिज्ञान प्रतिष्ठान दमकका अध्यक्ष मोहन प्रसाद भण्डारी, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष ईन्द्र प्रसाद धिमिरे, साहित्यकारहरु तुलसी भटटराई बिर्तामोड, दुर्गाप्रसाद सिग्देल, कवि जीवनहरि शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दमक – ५ स्थित दिपिनी आधारभुत विद्यालयमा भएको उक्त कार्यक्रमको अध्यक्षता साहित्य कला सङगमका अध्यक्ष बिन्दु दहाल मुकदर्शकले गरेका थिए भने कार्यक्रमको सन्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गरेका थिए ।
०००
ओम खनालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































