फित्काैली डटकमभक्तपुर सुसेली मञ्चको तेस्रो वार्षिकोत्सव सम्पन्न
जनमत साहित्यिक पत्रिकाका सम्पादक साहित्यकार मोहन दुवालको प्रमुख आतिथ्यमा भव्य समारोहको आयोजना गरिएकाे थियो ।

भक्तपुर । भक्तपुर सुसेली मञ्चको तेस्रो वार्षिकोत्सव मध्यपुर ठिमी नगरपालिका वार्ड नं २ स्थित नाट्यश्वरी सामुदायिक भवनको हलमा सम्पन्न भयाे ।
जनमत साहित्यिक पत्रिकाका सम्पादक साहित्यकार मोहन दुवालको प्रमुख आतिथ्यमा भव्य समारोहको आयोजना गरिएकाे थियो । भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपानेकाे सभापति तथा अतिथिहरू डम्बर घिमिरे, श्रीमती माधुरी घिमिरे, डाक्टर बमबहादुर जिताली, दुर्गा अधिकारी भमर्कोटे हुनुहुन्थ्यो ।
कार्यक्रममा साहित्यकार धरणिधर गुरागाइँलाई नगद प्रमाणपत्रसहित सम्मानित गरियो । मञ्चका कोषाध्यक्ष बि के माकजुको स्वागतसँगै प्रारम्भ भएको कार्यक्रममा सम्मानित धरणिधर गुरागाइँका बारेमा साहित्यकार राममणि ढुङ्गेलले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कविहरू विश्वनाथ ढुङ्गेल, मिना भुजेल, लक्ष्मी भुजेल, सीता बिस्ट कार्की, वासुदेव गुरागाइँ, चन्द्रा न्यौपाने, श्याम माकजु, मुक्ता गौतम, अर्जुन सिलवाल, सालिकराम दाहाल, गोविन्दप्रसाद आचार्य र टेकबहादुर लौडारीले आआफ्ना रचना र बाँसुरी धुन प्रस्तुत गर्नुभयो ।
राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी र अन्तर जिल्ला चागुनारायण समाजका अध्यक्ष सुरेन्द्र खतिवडाले भक्तपुर सुसेली मञ्च तथा यसैहप्ता जन्मदिवस हुनुहुने प्रमुख अतिथि मोहन दुवाल, अतिथि डम्बर घिमिरे, डा. बमबहादुर जिताली र अध्यक्ष रामशरण न्यौपाने सबैलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा अर्जुन सिलवाल र गोविन्दप्रसाद आचार्य सुसेली मञ्चको सदस्य बन्नुभएको थियो । संस्थाले जन्मोत्सवको सन्दर्भमा डम्बर घिमिरे, डा. बमबहादुर जितालीलाई क्रमश दोसल्ला तथा कलम र डायरी उपहार दिएर सम्मानित गरियो ।
त्यसैगरि अतिथि तथा सम्मानितको तर्फबाट क्रमश डम्बर घिमिरे, बमबहादुर जिताली र धरणिधर गुरागाइँले संस्थाले गरेको सम्मानका निमित्त धन्यवाद व्यक्त गर्दै भक्तपुर सुसेली मञ्चको कार्यको प्रशंसा गर्नुभयो ।
कार्यक्रम निक्कै सभ्य तरिकाले नेपाली मौलिक परम्पराको ख्याल गर्दै गरिएको र नयाँ पुस्तामा साहित्यको सम्बन्ध गाँस्ने उदेश्यले आयोजना गरेको जानकारी दिइएकाे थियो ।
कार्यक्रमका प्रमुख अतिथि दुवालले सुसेली मञ्चको जनमत विशेष अङ्क श्रावण महिनामा र डम्बर घिमिरे विशेष अङ्कसमेत जनमतले प्रकाशित गर्ने वचन दिनुभयो । अन्त्यमा सभापति रामशरण न्यौपानेले उपस्थित सबैलाई धन्यवाद र प्रमुख अतिथिलाई मायाको चिनो सहित कार्यक्रम समापन गर्नुभयो ।
कार्यक्रम सञ्चालन मञ्चका सचिब डिल्लीप्रसाद मूलतिहुनले गर्नुभएको थियोे । त्यसैगरी उपस्थित सबैलाई खाजाका निमित्त दही चिउरा ब्यवस्था गरिएको थियो ।
०००
डिल्लीप्रसाद मूलतिहुनकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest








































