साइबर अपराध सम्बन्धी सचेतना सामग्री

योगमाया स्मृति सम्मान माया ठकुरी र निनु चापागाइँलाई

नेपाली इतिहासकी एक अत्यन्तै साहसी, विद्राेही र क्रान्तिकारी व्यक्तित्व योगमायाको नाममा ती सम्मानहरु स्थापित भएर हरेक वर्ष अर्पण गरिंदै आएको छ ।

Nepal Telecom ad

काठमाडौँ। नेपाल स्रष्टा समाजले वि.सं.२०८३ सालको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानको घोषणा गरेको छ ।

नेपाली इतिहासकी एक अत्यन्तै साहसी, विद्राेही र क्रान्तिकारी व्यक्तित्व योगमायाको नाममा ती सम्मानहरु स्थापित भएर हरेक वर्ष अर्पण गरिंदै आएको छ ।

नगद राशी रु.५०,१११। रहेको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’द्वारा वरिष्ठ साहित्यकार माया ठकुरी सम्मानित हुनु हुने भएकाे छ । यसैगरी ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ वरिष्ठ समालोचक निनु चापागाईँलाई प्रदान गरिने भएको छ । उक्त सम्मानको नगद राशी रु.५०,१११। रहेको छ ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’का अनुसार वि.सं.२०६५ सालदेखि योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान प्रदान गरिंदै आएको हो । यसका संस्थापक पवन आलोक (संरक्षक,नेपाल स्रष्टा समाज) रहेका छन् ।
यसैगरी योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान वि.सं.२०७५ सालदेखि प्रदान गरिंदै आएको हो ।
यस सम्मानका संस्थापक राजेश न्यौपाने लगायत रहेको अध्यक्ष रोदनले जानकारी दिए ।

यी दुबै सम्मानहरु राजधानीमा भव्य कार्यक्रमका बीच आगामी असार २२ गते योगमाया स्मृति दिवसको दिन अर्पण गरिने भएको छ ।

०००
प्रदीप सापकाेटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x