साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शब्दहरूको उचित प्रयोग

कुनै पनि नागरिकको विषयमा व्यक्त गरिने भाषा सम्मानजनक हुनुपर्छ भन्ने कुरामा आपत्ति होइन, तर राष्ट्रका सर्वोच्च व्यक्तिको विषयमा कुरा गर्दा यसो गरे, उसो भने जस्ता शब्द र आपराधिक पृष्ठभूमिका व्यक्तिको सम्बन्धमा आदरार्थी शब्दहरूको चयन कति उचित हुने होला ?

Nepal Telecom ad

हेमराज पौडेल :

आजकल प्रचलित विद्युतीय सञ्चारमाध्यमहरूमा प्रयोग गरिने नेपाली भाषाका सामान्य र आदरार्थी शब्दहरूको प्रयोगमा औचित्यको ख्याल राख्ने काम कमै भएको देखिन्छ । नेपाली भाषामा तँ, तिमी, तपाईं, हजुर जस्ता शब्दहरू व्यवहारमा सम्बोधन गरिने व्यक्तिको स्तर र सम्बोधनकर्ताको उसप्रतिको भावलाई व्यक्त गर्ने माध्यमको रूपमा प्रयोगमा आउँछन् । यहाँका अधिकांश सार्वजनिक सञ्चारमाध्यमहरूमा प्रयोग गरिने भाषामा चाहिँ तिमी, तिनी, उनी, तपाईं, उहाँ जस्ता शब्दहरूकै प्रचलन बढी देखिएको छ । यो स्वाभाविक पनि हो । तर यस विषयमा विचार गर्दा कुन स्तरका कस्ता व्यक्तिको लागि सामान्य र कस्ता व्यक्तिको लागि आदरसूचक शब्दको प्रयोग गर्ने भन्ने स्पष्ट धारणा बनाई शब्दहरूको प्रयोग गर्नु उचित हुन्छ ।

कुनैबेला आफ्नै देशका वा अन्य देशका राष्ट्रप्रमूख वा कार्यकारी प्रधानमन्त्री जस्ता गरिमायुक्त व्यक्तिको विषय प्रस्तुत गर्दा उनले यसो गरे, यसो भने जस्ता वाक्यांश राखिएका र त्यस्तै कुराका सिलसिलामा अरु कुनै मन्त्री, सांसद वा कुनै सामान्य नेताको विषयमा कुरा गर्दा उहाँले यसो भन्नुभयो, यसो गर्नुभयो जस्ता शब्दहरू पनि प्रयोगमा ल्याइएका देखिन्छन् । त्यस्तै प्रयोग समाजका अन्य वर्गका विभिन्न स्तरका व्यक्तिहरूको विषयमा समेत यदाकदा सुन्न पाइन्छ । यस्तो प्रयोग हुँदा कताकता सामञ्जस्यको अभाव भएको हो कि भन्ने कुराको आभास हुन्छ ।

एकदिन समाचार हेर्ने क्रममा एउटा प्रसिद्ध सञ्चारमाध्यमका जिल्लाप्रतिनिधिबाट तराईतिरका कुनै गम्भीर आपराधिक घटनाका आरोपी दुई युवकहरूलाई कालो मास्क र हत्कडी लगाएको अवस्थामा प्रहरीद्वारा सार्वजनिक गरिएको दृश्य प्रस्तुत भएको देखियो । त्यसमा ती दुइजननाको विषय प्रस्तुत हुँदा उहाँहरू यस्ता गम्भीर अपराधमा संलग्न देखिनुभएकाले पक्राउ गरिएको भन्ने आशयको प्रस्तुति थियो । कुनै पनि नागरिकको विषयमा व्यक्त गरिने भाषा सम्मानजनक हुनुपर्छ भन्ने कुरामा आपत्ति होइन, तर राष्ट्रका सर्वोच्च व्यक्तिको विषयमा कुरा गर्दा यसो गरे, उसो भने जस्ता शब्द र आपराधिक पृष्ठभूमिका व्यक्तिको सम्बन्धमा आदरार्थी शब्दहरूको चयन कति उचित हुने होला ? विचार पुर्‍याउन आवश्यक देखिन्छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नाम छोट्याउने रहर

नाम छोट्याउने रहर

हेमराज पाैडेल
राष्ट्रियता र टोपी

राष्ट्रियता र टोपी

हेमराज पाैडेल
बैठके काजी

बैठके काजी

हेमराज पाैडेल
छड्के गफ

छड्के गफ

हेमराज पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x