साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूला बडाका कुरा

जे देख्छौँ जनले कुनै छ गतिलो विश्वासिलो आँटिलो के बुझ्थ्यौँ बिचरा कठै अधमरा भित्री कुराको चुरो साँचो के छ कुरा कहाँ र कसरी दर्वार तर्वारका थाहा नै नहुने रहेछ जहिले ठूला बडाका कुरा ।

Nepal Telecom ad

कमला पन्थी :

घण्टीको पनि छैन तागत यहाँ रालो त खस्दै गयो
बज्नै मुस्किल पो भयो अब हरे घण्टी बन्यो निम्छरो
गर्थे काम कुरा अथाह कति हुन् निर्धक्क हामी थियौँ
केही हुन्छ भनेर ढुक्कसँगले आशा गरेका थियौँ । १ ।

आशादीप बनेर झुल्किन गयौ घन्टी बजाई हिड्यौ
“हो हो“ मात्र भनेर मन्दिर पुग्यौँ आवाज सुन्दै रह्यौँ
भित्री काम कुरा अथाह कति हुन् के बुझ्नु हामी पनि
ऐले बल्ल कुरा खुली अघि बढ्यो आगो बल्यो दन्दनी । २ ।

जे देख्छौँ जनले कुनै छ गतिलो विश्वासिलो आँटिलो
के बुझ्थ्यौँ बिचरा कठै अधमरा भित्री कुराको चुरो
साँचो के छ कुरा कहाँ र कसरी दर्वार तर्वारका
थाहा नै नहुने रहेछ जहिले ठूला बडाका कुरा । ३ ।

भित्री दाँत कडा परन्तु जहिले मुस्कान मीठो हुने
चिल्लावात गरेर हिड्न सकिने राम्रो कला झल्किने
यस्तै चाल सधैँ भयो भइरह्यो जे तन्त्र आऊन् यहाँ
आशा लाग्छ परन्तु पूर्ण नहुने बानी भयो सर्वदा ।४ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x