साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्छौँ हामी वृद्धका निम्ति मित्र

लिन्छौँ हामी ज्ञानका पूर्ण डाली । पार्छाैँ हामी तिक्त दुर्भाव खाली ॥ पर्दा आपत् दुःखको फ्याँक्न चित्र । बन्छौँ हामी वृद्धका निम्ति मित्र ॥

Nepal Telecom ad

कविराज घिमिरे :

हिँड्ने बोल्ने काम गर्ने खुलस्त ।
लक्कापक्का जो छ आफैँ छ मस्त ॥
हुन्छन् नाना रोग इत्यादि छिद्र ।
बन्छौँ हामी वृद्धका निम्ति मित्र ॥१

आफ्ना बन्दै छेउमा नित्य बस्छौँ ।
आँधीबेरी दुःखका बात सुन्छौँ ॥
कैयौँ हुन्छन् वेदना भित्रभित्र ।
बन्छौँ हामी वृद्धका निम्ति मित्र ॥२

छुट्टाछुट्टै छन् अनेकौँ समस्या ।
खोली दिन्छौँ भित्रका भीम गाँठा ॥
हल्का हुन्छन् वेदना छन् विचित्र ।
बन्छौँ हामी वृद्धका निम्ति मित्र ॥३

लिन्छौँ हामी ज्ञानका पूर्ण डाली ।
पार्छाैँ हामी तिक्त दुर्भाव खाली ॥
पर्दा आपत् दुःखको फ्याँक्न चित्र ।
बन्छौँ हामी वृद्धका निम्ति मित्र ॥४

बाङ्गोलाई पार्न सोझो भनेर ।
बस्छौँ हामी वृद्धका सामु नेर ॥
यी हुन् गङ्गा धाम हाम्रा पवित्र ।
बन्छौँ हामी वृद्धका निम्ति मित्र ॥५

०००
भक्तपुर !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x