सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वाक्कै दिक्कैलाग्दो छिमेकी मेरा

कुनै दिन एई हेर् न चामल सकिएछ कि दस ट्वाक चामल लान्छु ल भनी चामलको टिनबाट ढुक्कैले चामल निकालेर लान्छिन् मेरी छिमेकी चुर्सी लेप्चेनीले ।

Nepal Telecom ad

नगिता राई लेप्चा :

हजुरको छिमेकी कस्ता छन् कुनि मलाई थाहा छैन अनि मेरो छिमेकी कस्ता छन् त्यो तपाईंलाई अवश्यै पनि थाहा छैन, हुँदैन अनि थाहा हुने कुरो पनि आएन । तपाईंका छिमेकी देवतै जस्ता होलान् । आँखामा राख्दा पनि नबिझाउने होलान् । पक्कै पनि तपाईं आफ्नो छिमेकीलाई माया गर्नुहुन्छ । एउटै परिवारझैँ भएर बस्नुहुन्छ ।

मेरा छिमेकी पनि हामीसित मिल्नुसम्म मिल्छन् । पल्लोपट्टि गुन्द्रुककै अचार बनायो भने त्यो सानु कचौरामा मेरो घरमा आइपुग्छ । उतापट्टि निगार बनाए एक डबका आइपुग्छ । यताबाट कुखुराको भित्र्यांश पल्लोपट्टि पुग्छ । उता पाक्छ यता आइपुग्छ अनि यता जे पाक्यो उता पुग्छ । यो आदान प्रदानको क्रम चलेको पन्ध्र वर्षभन्दा धेर भइसक्यो । सब्जी किन्नु, महिनावरी सामान लिनु हामी दुई दिदी बहिनी सँगै जान्छौँ । बजार गरेपछि थुक्पा, मोमो खान्छौँ । हामी दुइ छिमेकीमाझ कुनै भेदभाव छैन न छ कुनै रिसराग इख इबी । अरुले देख्दा हामीलाई एउटै परिवार ठान्छन् ।

छिमेकीलाई देवतै बराबर ठान्नुपर्छ । दुःख-सुखमा साथ दिने, सहयोग गर्ने भनेको नै छिमेकी हुन् । उनी मलाई मोटी राईनी भन्छिन्, म उनलाई लेप्चेनी भन्छु । म बिहे भएर आएको दिनदेखि तपाईं सम्बोधन गर्थेँ, उनले पनि तपाईं नै भन्थिन् । उमेरमा मभन्दा केही बढी नै हुनुपर्छ । तर आजसम्म उनको उमेर मैले कहिल्यै सोधेकी छैन, न उनले मलाई सोधेकी छन् ।क हामी यति साह्रो क्लोज्ड भयो अहिले हामी एका अर्कामा तँ..तँ मा पुगिसकेका छौँ । उनले मलाई छिटोको लागि एई मोट्टी राईनी भन्छिन् अनि म पनि चुर्सी लेप्चेनी भन्ने गर्दछु । त्यसको घरको आन्द्राभुँडी मलाई याद भइसकेको छ अनि त्यसलाई पनि मेरो घरको । तर मेरा पतिदेवले चुर्सी लेप्चेनीलाई एक आँखाले हेर्न सक्दैनन् न कि उनको पतिदेवलाई नै । किनभने उनका पतिदेवले लटरीको टिकट काट्नलाई अढाइ सय (२५०) रुपियाँ मेरा पतिहजुरबाट ऋण लगेको दस (१०) वर्ष भइसक्यो । फिर्ता दिने नामै लिँदैन । यसैकारण मेरा पतिदेवले तिनका पतिदेवलाई अढाइसय (२५०) नाम राखिदिएका छन् । गाउँमा अढाइ सय भनेपछि उनी फेमोस् छन् । त्यति मात्र होइन मेरो पतिदेव कसैको नाम राख्नमा सिपालु छन् । मेरी छिमेकी साथी चुर्सी लेप्चेनीको नाम आतङ्कवादी नाउँ राखिदिएका छन् । म कराउँछु उनलाई । किन मसित मिल्ने मेरी छिमेकी साथीलाई आतङ्कवादी भन्नुभएको भन्दा उनको जवाफ यस्तो हुन्छ, आतङ्कवादी भन्दा डेञ्जर नि चिम्री चुर्सी पार्टनर ।

यसो विचार गरेर ल्याउँदा साँच्चै मेरी छिमेकी मिलनसार चुर्सी लेप्चेनी आतङ्कवादी भन्दा कम्ति लाग्दैन । उनको चालामाला हेर्छु । गत दुइ तीन वर्षदेखि साँच्चै चुर्सी लेप्चेनीले हामीलाई दिक्क र वाक्कै लाउन थालेकी छन् । घटना यहाँबाट शुरु गरूँ । सधैँ झैँ हाट सकेर हामी एउटा मोमो दोकानमा पस्यौँ । जहाँ हामी प्रत्येक हप्ता थुक्पा मोमो खाने गर्दछौँ । खाइसकेर पैसा तिर्ने बेलामा अरु बेला त आ-आफ्नै पैसा तिर्ने हामी । तर एकदिन मसित चेञ्ज पैसा छैन तिमीले तिर घरमा गएर दिन्छु । अरे घरमा आयौँ टोटोमा चढेर । त्यहाँ पनि तिमीले तिर्दै गर है मलाई सारो पार्‍यो वाशरुममा जान्छु भनी सुइँसुइँ घरभित्र पसिन् । त्यसपछि यो क्रम सधैँ नै चल्यो । भरे दिन्छु घरमा गएर फर्काउँछु भन्ने डायलग उनले सुगा जस्तै भट्याउन थालेकी छन् हिजोआज । आफ्नो लोग्नेलाई सबै कुरो भनिन्छ । उनको जवाफ एउटै हुन्छ, नेक्सट् टाइम तिमी पनि खुद्रा पैसा छैन भनेर त्यसै गरिदेऊ न । तर मलाई त्यसो गर्नु आउँदैन । यो मेरो संस्कार बाहिरको कुरो हो । जे होस् मेरी छिमेकी चुर्सी लेप्चेनी हिजोआज अर्कै भएकी छन् । साँझ तिर कुनै बेला अलिकति खानेतेल, कुनै बेला अदुवाको सानो टुवक्रा माग्न् आउँछिन् । नदिई पनि भएन ।

कुनै बेला छोरी पठाउँछिन्, आण्टी आमाले भन्नुभएकी नरिसाईकन एउटा प्याज र तीन चारवटा हरियो खोरसानी दिनुहोस् भन्छे । दिनै पर्‍यो । छोरीको नाम सिमन हो तर मेरा पतिदेवले उनको नाम नरिसाइकन राखिदिएका छन् । कुनै दिन एई मोट्टी राईनी हेर् न मेरो ग्यास भर्खर सक्यो कि तेरो चुल्हामा भात बसाउँछु ल भनी मैले अनुमति नदिई नै ग्यास खोलेर भात बसाउँछिन् । कुनै दिन एई हेर् न चामल सकिएछ कि दस ट्वाक चामल लान्छु ल भनी चामलको टिनबाट ढुक्कैले चामल निकालेर लान्छिन् मेरी छिमेकी चुर्सी लेप्चेनीले ।

हिजोआज चुर्सी घरभित्र पसिन् कि एक प्रकारको डर लाग्न थालेको छ मलाई । के माग्ने हो के लाने हो भन्ने एक प्रकारको आतङ्क छाइबस्छ । ठिकै हो छिमेकी भएपछि सामान, चिजबिज आदान प्रदान गरिन्छ । त्यो स्वाभाविकै हो । तर लगेको कुरा समयमा फिर्ता दिए पो मित्रता कायम रहन्छ । अहिले सम्म सानु एक टुक्रा अदुवा, लसुन, प्याजको कप्टेरो, खाने तेल लगेको तौलेको भए पचास साठी किलो भइसक्ने थियो । तर उनको भोलि बजारबाट वा दोकानबाट ल्याएर दिन्छु भन्ने डायलगले सुन्दा सुन्दा वाक्कै दिक्कै लाग्न थालेको छ ।
मेरा वाक्कै दिक्कैलाग्दो छिमेकी चुर्सी लेप्चेनीको यो आतङ्कदेखि कहिले मुक्ति पाउनु भन्ने कुराले म छटपटिरहन्छु ।

०००
जलपाईगुडी (भारत)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
3 months ago

तपाईँको मासु तपाईँलाई नै भारी हुने हो अरुलाई होइन ,भने किन मोटी राईनी भनेर कसैलेनाम राख्ने ? यो कुरा हजम भएन।

Nepal Telecom ad
लोकार्पण फोबिया

लोकार्पण फोबिया

नगिता लेप्चा राई
तपाईं नभनी मपाई

तपाईं नभनी मपाई

नगिता लेप्चा राई
एक हातले दिएको दुई हातले देखाउनू

एक हातले दिएको दुई...

नगिता लेप्चा राई
माइला दाइको फुर्फुर

माइला दाइको फुर्फुर

नगिता लेप्चा राई
चारो

चारो

नगिता लेप्चा राई
झोला

झोला

नगिता लेप्चा राई
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
1
0
Would love your thoughts, please comment.x
()
x