सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आओ खाओ घुस

थोत्रो चट्टी पट पट पट नै धेर पारेर आयौ गोहीलेझैँ अधिक मुलुकको स्रोत खोसेर खायौ राजर्षी त्यो सुख सयलतिरै ठाँटियो जिन्दगानी आओ खाओ घुस अकुत अझै देश पार्दै खरानी ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

लागुन् छोरा परमुलुक चुनी खेत बेचेर गैह्री
आउन हाम्रा मुलुकतिर यता भीड लागेर वैरी
नेपालीको घर उपर सधैँ आँसुको होस् कहानी
आओ खाओ घुस अकुत अझैँ देश पार्दै खरानी ॥१

झुप्रो ढाली गरिब मनुजको स्वणर्शय्या बनाऊ
राम्रा राम्रा प्रमुख मुलुकका स्रोत बेचेर खाऊ
कालोमैले कहर निशि रची छोप नौलो बिहानी
आओ खाओ घुस अकुत अझै देश पार्दै खरानी ॥२

नेपालीले अभिमत त दिए बन्न आदर्श थानी
थानी नै छन् कतिपय जनको रक्त सोसेर खानी
सामन्तीको जति पनि अहिले चल्छ हो मेजमानी
आओ खाओ घुस अकुत अझै देश पार्दै खरानी ॥३

छोरा छोरी असक गरिबका खेद सारा विदेश
आफू आफ्ना जति सब बटुली गर्न आराम ऐश
राजा बन्दै जुरु जुरु उठ है खोल त्यो राजधानी
आओ खाओ घुस अकुत अझै देश पार्दै खरानी ॥४

थोत्रो चट्टी पट पट पट नै धेर पारेर आयौ
गोहीलेझैँ अधिक मुलुकको स्रोत खोसेर खायौ
राजर्षी त्यो सुख सयलतिरै ठाँटियो जिन्दगानी
आओ खाओ घुस अकुत अझै देश पार्दै खरानी ॥५

पैसा मागी अबुझ गरिबका काम सम्पूर्ण रोक
आफ्नालाई सहुलियत दिने राख है नीच सोच
नेपालीका खुन अनि पसिना मूल्य पारेर पानी
आओ खाओ घुस अकुत अझै देश पार्दै खरानी ॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा

आमा

रामशरण न्याैपाने
बिरामी छिन् आमा

बिरामी छिन् आमा

रामशरण न्याैपाने
बस्छन् बुढा गाउँमा

बस्छन् बुढा गाउँमा

रामशरण न्याैपाने
मुसाको गीत

मुसाको गीत

रामशरण न्याैपाने
नातिको चिन्ता

नातिको चिन्ता

रामशरण न्याैपाने
बुढाकै छ बाहुल्य

बुढाकै छ बाहुल्य

रामशरण न्याैपाने
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
हास्यव्यङ्ग्य कसरी लेख्ने ?

हास्यव्यङ्ग्य कसरी लेख्ने ?

उत्तमकृष्ण मजगैयाँ
जनताको भागमा तिरैतिर

जनताको भागमा तिरैतिर

सुभाषचन्द्र देवकाेटा
उल्टो बगेकी किन ?

उल्टो बगेकी किन ?

जगदीश्वर पाेखरेल
चुरा लगाऊ कविजी

चुरा लगाऊ कविजी

रमेश खकुरेल
हनुमान गाथा

हनुमान गाथा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x