साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आओ खाओ घुस

थोत्रो चट्टी पट पट पट नै धेर पारेर आयौ गोहीलेझैँ अधिक मुलुकको स्रोत खोसेर खायौ राजर्षी त्यो सुख सयलतिरै ठाँटियो जिन्दगानी आओ खाओ घुस अकुत अझै देश पार्दै खरानी ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

लागुन् छोरा परमुलुक चुनी खेत बेचेर गैह्री
आउन हाम्रा मुलुकतिर यता भीड लागेर वैरी
नेपालीको घर उपर सधैँ आँसुको होस् कहानी
आओ खाओ घुस अकुत अझैँ देश पार्दै खरानी ॥१

झुप्रो ढाली गरिब मनुजको स्वणर्शय्या बनाऊ
राम्रा राम्रा प्रमुख मुलुकका स्रोत बेचेर खाऊ
कालोमैले कहर निशि रची छोप नौलो बिहानी
आओ खाओ घुस अकुत अझै देश पार्दै खरानी ॥२

नेपालीले अभिमत त दिए बन्न आदर्श थानी
थानी नै छन् कतिपय जनको रक्त सोसेर खानी
सामन्तीको जति पनि अहिले चल्छ हो मेजमानी
आओ खाओ घुस अकुत अझै देश पार्दै खरानी ॥३

छोरा छोरी असक गरिबका खेद सारा विदेश
आफू आफ्ना जति सब बटुली गर्न आराम ऐश
राजा बन्दै जुरु जुरु उठ है खोल त्यो राजधानी
आओ खाओ घुस अकुत अझै देश पार्दै खरानी ॥४

थोत्रो चट्टी पट पट पट नै धेर पारेर आयौ
गोहीलेझैँ अधिक मुलुकको स्रोत खोसेर खायौ
राजर्षी त्यो सुख सयलतिरै ठाँटियो जिन्दगानी
आओ खाओ घुस अकुत अझै देश पार्दै खरानी ॥५

पैसा मागी अबुझ गरिबका काम सम्पूर्ण रोक
आफ्नालाई सहुलियत दिने राख है नीच सोच
नेपालीका खुन अनि पसिना मूल्य पारेर पानी
आओ खाओ घुस अकुत अझै देश पार्दै खरानी ॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x