साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

खाए गफाडीहरूले हामीलाई ढाँटेर खाए हाम्रो अमूल्य मत डलरसित साटेर खाए खानुबाहेक अर्को उद्देश्य नै नभएपछि हाम्रो मुटु टुक्रा टुक्रा पारेर काटेर खाए ॥

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

१.
खाए भनूँ कि हसुरे भनूँ स्यालहरूले लुकेर खाए
गल्लीडुलुवा भुस्याहा कुकुरहरूले भुकेर खाए
खान पल्केका खानकै लागि जन्मेका ब्वाँसाहरू
केही नभेटेपछि आफ्नै प्रतिबद्धता थुकेर खाए ॥

२.
खाए गफाडीहरूले हामीलाई ढाँटेर खाए
हाम्रो अमूल्य मत डलरसित साटेर खाए
खानुबाहेक अर्को उद्देश्य नै नभएपछि
हाम्रो मुटु टुक्रा टुक्रा पारेर काटेर खाए ॥

३.
तिमीले धन कमाए पनि उसले इज्जत कमाउन सक्छ
तनावयुक्त छौ महलमा तिमी ऊ झुपडीमा रमाउन सक्छ
रुपैयाँले मात्र बुझ्न सकिँदैन सृष्टिको विधानलाई महाशय !
एक चम्ची दहीले सयौँ लिटर दुध जमाउन सक्छ ॥

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x