साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकप्रिया पुरस्कार लीलादेवी श्रेष्ठलाई प्रदान गरिने

साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि. सं २०८१ को लोकप्रिया पुरस्कार साहित्यकार लीलादेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

Nepal Telecom ad

काठमाडौं, २०८१ साउन २१ । साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि. सं २०८१ को लोकप्रिया पुरस्कार साहित्यकार लीलादेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

सो पुरस्कारका लागि साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा पद्यावती सिंह र प्रा.डा. गोविन्दमान सिंह कार्की सदस्य रहेको सिफारिस समितिले सिफारिस गरेको थियो ।

साहित्यकार लीलादेवी श्रेष्ठका अठोट (नाटक), जिन्दगीका डोबहरु (कवितासङ्ग्रह), व्यथाको कथा (कथासङ्ग्रह), लगायतका कृतिहरु प्रकाशित रहेका छन् । यसैगरी देश प्रेम अडियो गीत तथा बुद्द वाणीको प्रकाशन समेत गर्नु भएको छ ।

वि. सं. २०४४ सालमा साहित्यकार शशी रिमालले महाकवि लक्ष्मीप्रसाद देवकोटाकी बहिनी साहित्यकार लोकप्रियाको नाममा यो पुरस्कारको स्थापना गरेकी हुन् ।

नगद दश हजार एकसय राशी रहेको “लोकप्रिया पुरस्कार”बाट यसअगि साहित्यकारहरु गोमा शर्मा, छिन्नलता (रमोलादेवी शाह), लख्खीदेवी सुन्दास (दार्जीलिङ), मोतीलक्ष्मी उपासिका, डा.वानीरा गिरी, रमा शर्मा, गीता केशरी, देवकुमारी थापा, शान्ता श्रेष्ठ, चन्द्रकला नेवार, हिरण्यकुमारी पाठक, भुवन ढुंगाना, अनीता तुलाधर, उषा शेरचन, सीता पाण्डे, राधिका राय, रेवतीराज भण्डारी र पीताम्बरा शर्मा पीयूष, लक्ष्मीदेवी राजभण्डारी, डा. गार्गी शर्मा, प्रा.डा. उषा ठाकुर, सुशीला भण्डारी, रन्जुश्री पराजुली, उन्नती बोहरा “शीला”, गोमा शर्मा (गुहावटी), रुकु कार्की, बेटी बज्राचार्य, जलेश्वरी श्रेष्ठ, पूनम काफ्ले, अमेरिका, गङ्गा कसजु, डा. ज्ञानु पाण्डे, सुशीला देउजा, गीता क्षेत्री (दार्जीलिङ), वीणा हाङ्खिम (दार्जीलिङ), डा. पुष्पा शर्मा (सिक्किम) र लतिका जोशी (सिलगढी), सिर्जना शर्मा सम्मानित भइसकेका छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x