साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

राम छोडी सधैँ रावणको मात्र जय गर्नेसँग अहँ सकिन्न रिस, राग, ईर्ष्या, जलन, शंका, भय गर्नेसँग अहँ सकिन्न विश्वका कुनैपनि अस्पतालमा त्यस्तो रोगीको उपचार छैन सुतेकालाई ब्युँझाउन सजिलो अभिनय गर्नेसँग अहँ सकिन्न ।

Nepal Telecom ad

निशा केसी :

१.
झिकेर कहिल्यै नरित्तिने त्यस्तो खानी हुँदैन
मरूभूमि बन्छ हृदय, जहाँ प्रेमील पानी हुँदैन
गर्दनै काटेर पाउमा ओच्छ्याए पनि के गर्नु !!
कसै कसैको यहाँ गुन सम्झने बानी हुँदैन ।

२.
राम छोडी सधैँ रावणको मात्र जय गर्नेसँग अहँ सकिन्न
रिस, राग, ईर्ष्या, जलन, शंका, भय गर्नेसँग अहँ सकिन्न
विश्वका कुनैपनि अस्पतालमा त्यस्तो रोगीको उपचार छैन
सुतेकालाई ब्युँझाउन सजिलो अभिनय गर्नेसँग अहँ सकिन्न ।

३.
विदेशी अत्तर किन्छन् यहाँ ,फूलको बाग बेचेर
कतिनजेल चल्छ गुजारा, जीवनका पराग बेचेर
ओ महासय, तपाईं देशमा अवसरै छैन भन्नुहुन्छ
हुर्काएको छु मैले मेरो सन्तानलाई मकै, साग बेचेर ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x