साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन -५

लागोस् धेर यहाँ हियो उपरमा, त्यो शान्तिको वाटिका । नाचे हुन्छ गरेर याद प्रभुको, गाएर गाथा निका ॥ होस् एकाग्र स्वचित्तमा सहजले, भुल्दै सदा बाधक । वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

छोरा ती अब दामको सहजमा, छोडे स्वदेशी धरा ।
जस्तै होस् अब मामको रहरमा, लागे विदेशी गरा ॥
एक्लोझैँ अब लाग्छ यो हृदयमा, ध्यानी जसै साधक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२२॥

खै ! नैराश्य रहे भने मनुजमा, सक्दैन बढ्नै अघि ।
राखौं उच्चमनोेबलै सहजले, चिन्ता परेको घडी ॥
होऊन् साथ सधैँ सहायक कुरा, लागोस् विचारात्मक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२३॥

सम्झौं भोजन खास सन्तुलितको,शैली लिओैं जीवन ।
चाहोस् शान्ति सदैव मानसिकको, गाथा सुनौं पावन ॥
फेरोस् सोच विचार मानव यहाँ, वृद्धा जसै लायक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२४॥

पाकाको जब चाहना भजनमा, रम्ने सदा हुन्छ नै ।
आत्मा शुद्ध गरेर ईश्वर जहाँ, आराधना गर्छ नै ॥
चाहोस् भक्ति सदैव ईश्वर कहाँ, आस्था बडा कारक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२५॥

लागोस् धेर यहाँ हियो उपरमा, त्यो शान्तिको वाटिका ।
नाचे हुन्छ गरेर याद प्रभुको, गाएर गाथा निका ॥
होस् एकाग्र स्वचित्तमा सहजले, भुल्दै सदा बाधक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२६॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

राजेन्द्रकुमार बज्राचार्य
बुबा र आमा, सधैँ हसाऔँ

बुबा र आमा, सधैँ...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १२

वृद्ध चिन्तन – १२

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ११

वृद्ध चिन्तन – ११

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १०

वृद्ध चिन्तन – १०

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ९

वृद्ध चिन्तन – ९

राजेन्द्रकुमार बज्राचार्य
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x