सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वृद्ध चिन्तन -५

लागोस् धेर यहाँ हियो उपरमा, त्यो शान्तिको वाटिका । नाचे हुन्छ गरेर याद प्रभुको, गाएर गाथा निका ॥ होस् एकाग्र स्वचित्तमा सहजले, भुल्दै सदा बाधक । वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

छोरा ती अब दामको सहजमा, छोडे स्वदेशी धरा ।
जस्तै होस् अब मामको रहरमा, लागे विदेशी गरा ॥
एक्लोझैँ अब लाग्छ यो हृदयमा, ध्यानी जसै साधक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२२॥

खै ! नैराश्य रहे भने मनुजमा, सक्दैन बढ्नै अघि ।
राखौं उच्चमनोेबलै सहजले, चिन्ता परेको घडी ॥
होऊन् साथ सधैँ सहायक कुरा, लागोस् विचारात्मक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२३॥

सम्झौं भोजन खास सन्तुलितको,शैली लिओैं जीवन ।
चाहोस् शान्ति सदैव मानसिकको, गाथा सुनौं पावन ॥
फेरोस् सोच विचार मानव यहाँ, वृद्धा जसै लायक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२४॥

पाकाको जब चाहना भजनमा, रम्ने सदा हुन्छ नै ।
आत्मा शुद्ध गरेर ईश्वर जहाँ, आराधना गर्छ नै ॥
चाहोस् भक्ति सदैव ईश्वर कहाँ, आस्था बडा कारक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२५॥

लागोस् धेर यहाँ हियो उपरमा, त्यो शान्तिको वाटिका ।
नाचे हुन्छ गरेर याद प्रभुको, गाएर गाथा निका ॥
होस् एकाग्र स्वचित्तमा सहजले, भुल्दै सदा बाधक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२६॥

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वृद्ध चिन्तन -६

वृद्ध चिन्तन -६

राजेन्द्रकुमार बज्राचार्य
वृद्धाको माया र सन्तान (शृङ्खला- ४)

वृद्धाको माया र सन्तान...

राजेन्द्रकुमार बज्राचार्य
ज्ञान हस्तान्तरण- २

ज्ञान हस्तान्तरण- २

राजेन्द्रकुमार बज्राचार्य
वृद्धाको माया र सन्तान

वृद्धाको माया र सन्तान

राजेन्द्रकुमार बज्राचार्य
ज्ञान हस्तान्तरण

ज्ञान हस्तान्तरण

राजेन्द्रकुमार बज्राचार्य
जब म बुढो हुनेछु…

जब म बुढो हुनेछु…

भावना न्याैपाने
वृद्ध चिन्तन -६

वृद्ध चिन्तन -६

राजेन्द्रकुमार बज्राचार्य
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे