साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय छन्द दिवसमा सारङ्गीलाई सम्मान

शिशिर घिमिरे स्मृति प्रतिष्ठान र बर्दिवास छन्द चौतारीले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री हुनुहुन्थ्यो ।

Nepal Telecom ad

बर्दिबास,महोत्तरी २०८१ वैशाख ८ । महोत्तरी जिल्लाको बर्दिबासमा एक साहित्यिक कार्यक्रमको आयोजना गरी सारङ्‌गीलाई सम्मान गरिएको छ ।

राष्ट्रिय छन्द दिवसको अबसरमा स्थानीय विनायक बैङ्केटको सभा हलमा आयोजित काव्य वाचन एवम् प्रतिभा सम्मान कार्यक्रमको आयोजना गरी ललितकला कर्मी सुमन सारङ्गीलाई सम्मान गरिएको हो । शिशिर घिमिरे स्मृति प्रतिष्ठान र बर्दिवास छन्द चौतारीले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री हुनुहुन्थ्यो ।

सभालाई सम्बोधन गर्दै नगरप्रमुख क्षत्रीले शिशिर घिमिरे भाइ एक होनहार व्यक्तित्व थिए । उनलाई सम्झँदा अहिले पनि मन चसक्क हुन्छ भन्दै उनको आत्माको चीर शान्तिको कामना ब्यक्त गर्नुभयो । उहाँले शिशिर घिमिरे भाईको नामबाट एउटा भुईँमान्छेको कलालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनु भयो। नेपाली लोकबाजा र लोक संस्कृतिको संरक्षणमा लागेका सुमन सारङ्गीलाई वधाई दिदै स्थानीय कला र सँस्कृतिको संरक्षणमा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न आफू कटिबद्ध रहेको विचार ब्यक्त गर्नुभया ।

कार्यक्रमका विशिष्ट अतिथि साहित्यविद् नारायण बिक्रम थापाले नेपाली छन्द साहित्यको इतिहासमाथि चर्चा गर्दै यसको महत्व र उपयोगिताको ब्याख्या गर्नुभयो । मधेस प्रदेशका सिराहा, धनुषा, महोत्तरी र सर्लाहीका कवि एवम् साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियाे ।

कार्यक्रममा विशेष अतिथिका रूपमा बर्दिबास नगरपालिका संस्कृति तथा पर्यटन सम्बद्र्धन समितिका संयोजक हिरा गौतम र अतिथिहरूमा प्रलेसका के.स. जीवनस्पर्शी, प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, जनवादी लेखक सङ्घ सितामढी भारतका कोषाध्यक्ष मो। कमरुद्दिन नदाफ, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य द्वय विपुल विद्रोही र विमला विक, बुढ्यौली साहित्य समाज मधेस प्रदेश सदस्य एवम् सर्लाही (रौतहट)का अध्यक्ष लम्बोदर काफ्ले, बुढ्यौली साहित्य समाज सिरहाका अध्यक्ष गणेश अधिकारी, कोपिला साहित्य समाज मधेस प्रदेश संयोजक भवानी घिमिरे, सर्लाही साहित्य समाजका अध्यक्ष मिना देवकोटा, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल बन्चरो, कमला साहित्य समाजका अध्यक्ष गणेश तिमिल्सिना, मिथिला साहित्य समाजका सचिव निरप्रसाद शर्मा, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका रमा शर्मा, बुढ्यौली साहित्य समाज महोत्तरीका कोषाध्यक्ष शान्ता अधिकारी लगायत हुनुहुन्थ्यो।

कार्यक्रममा गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठान, शिशिर घिमिरे स्मृति प्रतिष्ठान र बर्दिवास छन्द चौतारीमा आवद्ध सर्जकहरू, स्थानीय ब्यवसायी, शिक्षक, विद्यार्थी र साहित्यप्रेमीहरू सहभागी थिए । बर्दिवास छन्द चौतारीका सह सचिव लिलानाथ गौतमले सहभागीहरूलाई स्वागत गरेका थिए ।

शिशिर घिमिरे स्मृति प्रतिष्ठानका सचिव उद्धव अविचल र बर्दिवास छन्द चौतारीका अर्थसचिव भीम राउतले पालैपालो सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व प्रेम घिमिरे अग्निकवचले गर्नु भएको थियो । शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संरक्षक, बर्दिवास छन्द चौतारी एवम् गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष समेत रहेका घिमिरेले कार्यक्रमलाई समापन गर्ने क्रममा सर्जकहरूमा त्याग र समर्पण हुनुपर्ने कुरामा जोड दिँदै साहित्य समाजको दर्पण भएकोले सामाजिक विकृति र विसङ्गति बिरुद्ध निरन्तर कलम चलाउनु आवश्यकता रहेको बताए ।

शिशिर घिमिरे स्मृति प्रतिभा सम्मानको चर्चा गर्दै लोकबाजा र लोक संस्कृतिको संरक्षणमा सुमन सारङ्गीको योगदानको कदर गरिएको बताए । एउटा भुईँमान्छेले बनाएको कलात्मक सारङ्गी अमेरिका, क्यानडा जस्ता विकसित देशहरूसम्म पुग्नु गौरवको कुरा हो । एउटै मान्छेमा सारङ्गी, बाँसुरी,मादल, बिनायो लगायतका लोकबाजा बजाउने सीप विकास हुनु साधारण कुरा होइन । त्यसैले यस वर्षको शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान सुमन सारङ्गीलाई दिइएको प्रष्ट पारे । घिमिरे यस क्षेत्रका लोकप्रिय साहित्यिक ब्यक्तित्व हुनुहुन्छ ।

०००
– माधव पोखरेल गोज्याङ्ग्रेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x