साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आएछ यहाँ चाड तिहार

रमणीय चाड तिहार जान्नु ॥ शान्त खुशीको पर्व छ मान्नु । आनन्द लाग्छ चल्छ विहार । आएछ यहाँ चाड तिहार ॥

Nepal Telecom ad

चूडा निर्भीक :

आकाश निलो सफा भएछ ।
बेला उत्तम हुँदै गएछ ॥
जानिन्छ शरद् सधैँ अपार ।
आएछ यहाँ चाड तिहार ॥

पुष्प बागमा फुल्छ प्रशस्त ।
वास्ना मीठो चल्छ समस्त ॥
फूलका याम लिई सवार ।
आएछ यहाँ चाड तिहार ॥

गाई र काग श्वान पुजिन्छ ।
प्राणीमै पनि मान बुझिन्छ ॥
होला भगिनी भातृ मिलाप ।
आएछ यहाँ चाड तिहार॥

चल्दछ भैली शहर र गाम ।
द्यौसीरे भन सुन्छ तमाम ॥
पाक्दछ रोटी सेल अचार ।
आएछ यहाँ चाड तिहार ॥

रमणीय चाड तिहार जान्नु ॥
शान्त खुशीको पर्व छ मान्नु ।
आनन्द लाग्छ चल्छ विहार ।
आएछ यहाँ चाड तिहार ॥

शुभकामना म दिन्छु विशेष ।
सम्पन्न बन्नु पर्दछ देश ॥
लक्ष्मी दिऊन् आशिष हार ।
आएछ यहाँ चाड तिहार ॥

०००
चन्द्रागिरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेपाल भो चौपट

नेपाल भो चौपट

चूडा निर्भीक
भकुण्डो बनाए

भकुण्डो बनाए

चूडा निर्भीक
धिक्कार छौ नायक

धिक्कार छौ नायक

चूडा निर्भीक
विभेद

विभेद

चूडा निर्भीक
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x