सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आएछ यहाँ चाड तिहार

रमणीय चाड तिहार जान्नु ॥ शान्त खुशीको पर्व छ मान्नु । आनन्द लाग्छ चल्छ विहार । आएछ यहाँ चाड तिहार ॥

Nepal Telecom ad

चूडा निर्भीक :

आकाश निलो सफा भएछ ।
बेला उत्तम हुँदै गएछ ॥
जानिन्छ शरद् सधैँ अपार ।
आएछ यहाँ चाड तिहार ॥

पुष्प बागमा फुल्छ प्रशस्त ।
वास्ना मीठो चल्छ समस्त ॥
फूलका याम लिई सवार ।
आएछ यहाँ चाड तिहार ॥

गाई र काग श्वान पुजिन्छ ।
प्राणीमै पनि मान बुझिन्छ ॥
होला भगिनी भातृ मिलाप ।
आएछ यहाँ चाड तिहार॥

चल्दछ भैली शहर र गाम ।
द्यौसीरे भन सुन्छ तमाम ॥
पाक्दछ रोटी सेल अचार ।
आएछ यहाँ चाड तिहार ॥

रमणीय चाड तिहार जान्नु ॥
शान्त खुशीको पर्व छ मान्नु ।
आनन्द लाग्छ चल्छ विहार ।
आएछ यहाँ चाड तिहार ॥

शुभकामना म दिन्छु विशेष ।
सम्पन्न बन्नु पर्दछ देश ॥
लक्ष्मी दिऊन् आशिष हार ।
आएछ यहाँ चाड तिहार ॥

०००
चन्द्रागिरी, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भकुण्डो बनाए

भकुण्डो बनाए

चूडा निर्भीक
धिक्कार छौ नायक

धिक्कार छौ नायक

चूडा निर्भीक
विभेद

विभेद

चूडा निर्भीक
गाईजात्रा

गाईजात्रा

चूडा निर्भीक
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी