सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठोक्तक

रैलो छ कतै, सराएँको वाख्खै छ बेमेल थियो पहिले, अहिले साख्खै छ यस्तो पारा छ, सुशासनको भो आश नगरौं भष्मासुर प्रवृत्ति हाबी हुने पक्कै छ ।

Nepal Telecom ad

कमल भैरवेली :

१.
जाल साजीका कुरा होइन, खरा कुरा गरौँ
भित्रभित्र कुण्ठित होइन, दह्रा कुरा गरौँ
इमान जाँदैन, बरु अग्राख बन्ने गुन्जायस हुन्छ
गुलिया मिठा चिल्ला होइन बरु टर्रा कुरा गरौँ ।

२.
खातका खात, गुनासाहरू छन् महासय !
डङुरका डङ्गुर, निराशाहरू छन् महासय
के के मा कति कति, अङ्क ल्याउनुभो त !
आम मान्छेमा यस्तै, जिज्ञासाहरू छन् महासय ।

३.
ट्रेलर हो यो, पुरा फिल्म आउन बाँकी छ
भजन गाइयो, दोहोरी गाउन बाँकी छ
भन्दै हुनुन्थ्यो भूपू नास्तिकजीले, लेघ्रो तानेर
गोलघरमा जाकेर बिरोधीलाई, जुँगामा ताउ लाउन बाँकी छ ।

४.
रैलो छ कतै, सराएँको वाख्खै छ
बेमेल थियो पहिले, अहिले साख्खै छ
यस्तो पारा छ, सुशासनको भो आश नगरौं
भष्मासुर प्रवृत्ति हाबी हुने पक्कै छ ।

०००
२०८०/५/६
भैरहवा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रोग र मान्छे

रोग र मान्छे

कमल भैरवेली
ओभरलोड

ओभरलोड

कमल भैरवेली
थोरै बदलिएको छु

थोरै बदलिएको छु

कमल भैरवेली
बेलाको बोली – ७९

बेलाको बोली – ७९

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी