साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोक्तक

रैलो छ कतै, सराएँको वाख्खै छ बेमेल थियो पहिले, अहिले साख्खै छ यस्तो पारा छ, सुशासनको भो आश नगरौं भष्मासुर प्रवृत्ति हाबी हुने पक्कै छ ।

Nepal Telecom ad

कमल भैरवेली :

१.
जाल साजीका कुरा होइन, खरा कुरा गरौँ
भित्रभित्र कुण्ठित होइन, दह्रा कुरा गरौँ
इमान जाँदैन, बरु अग्राख बन्ने गुन्जायस हुन्छ
गुलिया मिठा चिल्ला होइन बरु टर्रा कुरा गरौँ ।

२.
खातका खात, गुनासाहरू छन् महासय !
डङुरका डङ्गुर, निराशाहरू छन् महासय
के के मा कति कति, अङ्क ल्याउनुभो त !
आम मान्छेमा यस्तै, जिज्ञासाहरू छन् महासय ।

३.
ट्रेलर हो यो, पुरा फिल्म आउन बाँकी छ
भजन गाइयो, दोहोरी गाउन बाँकी छ
भन्दै हुनुन्थ्यो भूपू नास्तिकजीले, लेघ्रो तानेर
गोलघरमा जाकेर बिरोधीलाई, जुँगामा ताउ लाउन बाँकी छ ।

४.
रैलो छ कतै, सराएँको वाख्खै छ
बेमेल थियो पहिले, अहिले साख्खै छ
यस्तो पारा छ, सुशासनको भो आश नगरौं
भष्मासुर प्रवृत्ति हाबी हुने पक्कै छ ।

०००
२०८०/५/६
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x