साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्रिपन्नौँ संस्कृत दिवसको समारोह कुलपति भूपाल राईद्वारा उद्घाटन

समारोहका विशिष्ट अतिथि चिन्मय विश्वविद्यालयका पूर्वकुलपति तथा चिन्मय इन्टर्नेसनल संस्थाकी निर्देशक प्राध्यापक माहुलीकरले संस्कृतभाषाका महाकवि कालिदासले नेपालको गौरवमय हिमाली सभ्यता र दर्शनमाथि प्रकाश पार्दै संस्कृत दिवसको महत्वबारे जोड दिनुभयो ।

Nepal Telecom ad

काठमाडौँ, ०८० भदौ १३ । संस्कृत भाषाको संरक्षण, सम्वर्द्वन गर्दै वक्ता र प्रयोक्ताको ध्यानाकर्षण गर्ने उद्वेश्यले नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठअनुसन्धान व्यवस्थापन केन्द्र र भारतीय राजदूतावास स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको सहकार्यमा त्रिपन्नौँ संस्कृत दिवसको आयोजना भयो । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर समारोहको उद्घाटन गर्नुभयो ।

यस अवसरमा प्रमुख अतिथि राईले संस्कृतभाषा पूर्वीय वाङ्मयको अथाह स्रोत र विभिन्न मातृभाषाको जननी हो । यसको पुष्टि समारोहमा प्रस्तुत गरिएका कार्यपत्रले गरेको छ । ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान’ भन्ने नारासहित १३० भन्दा बढी मातृभाषा र साहित्यमा नेपाल प्रज्ञा-प्रतिष्ठानले काम गर्न थालिसकेको छ । यसलाई आत्मसात् गर्न नसक्नेहरूले नेपाली भाषाप्रति पूर्वाग्रह राखेको आरोप लगाउनु पूर्वाग्रहबाहेक केही होइन । मैले संस्कृतलगायत प्रत्येक मातृभाषालाई उच्चसम्मानका साथ हेरेको छु भन्नुभयो ।

यसै सन्दर्भका तीनवटा कार्यपत्रमा प्रा.डा.जीवन अधिकारीले ’आदर्शप्रयोगस्य दृष्टान्तो महाकविः कालिदासः’
डा.प्रियंवदाम्बा काफ्लेले ’संस्कृतसाहित्ये महिलानां वैदुष्यप्रतिपादनम्’ र डा.प्रमोदवर्धनःकौण्डिन्न्यायनःले
’नैपालकसंस्कृतविदुषां विगतपञ्चाशद्वर्षेषु प्रकाशितानां ग्रन्थानां संक्षिप्तं पर्यालोचनम्’ प्रस्तुत गर्नुभयो ।

यस समारोहका विशिष्ट अतिथि चिन्मय विश्वविद्यालयका पूर्वकुलपति तथा चिन्मय इन्टर्नेसनल संस्थाकी निर्देशक प्राध्यापक माहुलीकरले संस्कृतभाषाका महाकवि कालिदासले नेपालको गौरवमय हिमाली सभ्यता र दर्शनमाथि प्रकाश पार्दै संस्कृत दिवसको महत्वबारे जोड दिनुभयो ।

विशिष्टअतिथि वाल्मीकि विद्यापीठका पूर्व प्राचार्य डा. गणेशप्रसाद घिमिरे, वाल्मीकि विद्यापीठका प्राचार्य डा. भागवत ढकाल, नेसंवि अनुसन्धान केन्द्रका पूर्वनिर्देशक प्रा.डा.काशीनाथ न्यौपाने र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रकी निर्देशक आशावरी वापटले मनतव्य व्यक्त गर्नुभयो ।

यस समारोहका विशेष अतिथि वाल्मीकि विद्यापीठकी सहायकप्राचार्य डा. रमा भट्टराई, प्रा.डा.देवमणि भट्टराई, प्रा. डा. माधवप्रसाद पाण्डेय, डा. माधव लामिछाने, डा. रामप्रसाद पौडेल र उपप्राध्यापक हिमालय भट्टराई लगायतले कार्यपत्रमाथि टिप्पणीसहित सुझाव दिनुभयो ।

यसै समारोहमा भारतबाट नेपाल आउनुभएकी विशिष्ट विदुषी गौरी माहुलीकर विशेष उपहारद्वारा सम्मानित हुनुभयो । साथै प्रा.डा.जीवन अधिकारी र डा.प्रियंवदाम्बा काफ्ले र डा.प्रमोदवर्धनः कौण्डिन्न्यायनःले प्रमाणपत्र प्राप्त गर्नुभयो ।

यस समारोहमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावासका निर्देशक बापटले स्वागत तथा धन्यवाद मन्तव्य राख्नु भयो ।

यसैगरी तीन सत्रमा सम्पन्न भएको संस्कृत दिवस समारोहको पहिलो सत्रको अध्यक्षता वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइका संयोजक शान्तिकृष्ण अधिकारी, दोस्रो सत्रको अध्यक्षता वाल्मीकि विद्यापीठका प्राचार्य डा.भागवत ढकाल र तेस्रो अर्थात् समापन सत्रको अध्यक्षता प्रा .डा. काशीनाथ न्यौपानेले गर्नुभयो । कार्यक्रमको सञ्चालन नेपाल वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सचिव डा. प्रेमराज न्यौपानेले गर्नुभयो ।

०००
– चेतनाथ धमला

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x