साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धा पुकार

मोतीझैँ शीतको थोपा कर्कला पात पातमा भ्रमको मात्र हो खेती कहाँ टिक्छ बतासमा ! कर्तव्यबाट भागेर मिलेको मुस्कुराहट घामले शीतको थोपा सुकेझैँ ठोक्छ चम्पट ।

Nepal Telecom ad

गणेश घिमिरे ‘मार्मिक’ :

नगर्नू आश अर्काको निराशा हात लाग्दछ
माया धेर भए उल्टै दम्भको प्यास जाग्दछ
दिन्छ संस्कारले बुद्धि पैसाले ज्ञान मार्दछ
मूर्ख सन्तानका सामु ममता प्रेम हार्दछ

ज्यूँदोमा गर्दछन् हेला मर्दा आँसु बहाउँछन्
दिँदैनन् खान ज्यूँदोमा मर्दा पिण्ड लडाउँछन्
तित्रीको बोट रोपेर फल्दैन आँपको फल
पानी हालेर बत्तीमा बल्दैन दीप झल्मल

जिउँदा देवता रुन्छन् घरकै भित्र नर्कमा
धाई मन्दिरमा जान्छौ मान्छे हो, किन व्यर्थमा ?
मान्छेका दृष्टिमा छारो हाल्नुको अर्थ के छ र ?
पिटी फलामको पाता मोती या सुन बन्छ र ?

व्यर्थ पिण्ड लडाएर खीरको नष्ट गर्नु के !
श्राद्घ तर्पणका निम्ति व्यर्थको कष्ट गर्नु के !
श्रद्घा नै श्राद्घ हो भन्ने नजाने जिन्दगीभरि
नौटङ्की नगरुन् व्यर्थै लाज छोप्न सधैँभरी

मोतीझैँ शीतको थोपा कर्कला पात पातमा
भ्रमको मात्र हो खेती कहाँ टिक्छ बतासमा !
कर्तव्यबाट भागेर मिलेको मुस्कुराहट
घामले शीतको थोपा सुकेझैँ ठोक्छ चम्पट ।

०००

भक्तपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ अख्तियारको चिन्ता 

यहाँ अख्तियारको चिन्ता 

गणेश घिमिरे ‘मार्मिक’
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x