सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वृद्धा पुकार

मोतीझैँ शीतको थोपा कर्कला पात पातमा भ्रमको मात्र हो खेती कहाँ टिक्छ बतासमा ! कर्तव्यबाट भागेर मिलेको मुस्कुराहट घामले शीतको थोपा सुकेझैँ ठोक्छ चम्पट ।

Nepal Telecom ad

गणेश घिमिरे ‘मार्मिक’ :

नगर्नू आश अर्काको निराशा हात लाग्दछ
माया धेर भए उल्टै दम्भको प्यास जाग्दछ
दिन्छ संस्कारले बुद्धि पैसाले ज्ञान मार्दछ
मूर्ख सन्तानका सामु ममता प्रेम हार्दछ

ज्यूँदोमा गर्दछन् हेला मर्दा आँसु बहाउँछन्
दिँदैनन् खान ज्यूँदोमा मर्दा पिण्ड लडाउँछन्
तित्रीको बोट रोपेर फल्दैन आँपको फल
पानी हालेर बत्तीमा बल्दैन दीप झल्मल

जिउँदा देवता रुन्छन् घरकै भित्र नर्कमा
धाई मन्दिरमा जान्छौ मान्छे हो, किन व्यर्थमा ?
मान्छेका दृष्टिमा छारो हाल्नुको अर्थ के छ र ?
पिटी फलामको पाता मोती या सुन बन्छ र ?

व्यर्थ पिण्ड लडाएर खीरको नष्ट गर्नु के !
श्राद्घ तर्पणका निम्ति व्यर्थको कष्ट गर्नु के !
श्रद्घा नै श्राद्घ हो भन्ने नजाने जिन्दगीभरि
नौटङ्की नगरुन् व्यर्थै लाज छोप्न सधैँभरी

मोतीझैँ शीतको थोपा कर्कला पात पातमा
भ्रमको मात्र हो खेती कहाँ टिक्छ बतासमा !
कर्तव्यबाट भागेर मिलेको मुस्कुराहट
घामले शीतको थोपा सुकेझैँ ठोक्छ चम्पट ।

०००

भक्तपुर

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यहाँ अख्तियारको चिन्ता 

यहाँ अख्तियारको चिन्ता 

गणेश घिमिरे ‘मार्मिक’
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य
‘बा’ काव्यांश- (२२)

‘बा’ काव्यांश- (२२)

दीनानाथ पाेखरेल
भो जीवनी बन्जर (४)

भो जीवनी बन्जर (४)

हेम अधिकारी
वृद्ध चिन्तन -५

वृद्ध चिन्तन -५

राजेन्द्रकुमार बज्राचार्य