साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरिबोधनी व्रत

आज ऊ ईश्वर पृय भएर समय बिताउन चाहन्छ । यसै खुसीमा उसले आज गाजरको हलुवाको स्वादबाट पनि बन्चित हुन चाहँदैन ।

Nepal Telecom ad

कमल भैरवेली :

भोगप्रसादले सधै झैँ यो पालीको हरिबोधनी एकादशीको व्रत लियो । बिहान उठ्यो स्नान गर्यो हरि ॐ उच्चारण गर्‍यो ,पुजापाठ गर्यो । एक गिलास दूध, काजु, किसमिस, बदाम पास्ता आदि खायो । एकछिन ध्यान बस्यो । तत्पश्चात फलफूल आदि खायो । एकछिन भजन किर्तन गर्यो। त्यसपछि साबुदाना खायो ।

एकछिनपछि विविध किसिमका तरुल, खरखण्ड आदि खायो । अनि धार्मिक ग्रन्थ पाठ गर्न थाल्यो । ततपश्चात् मिश्रीकोकाँडा पानी खायो । प्रशस्त फलाहार गर्‍यो ।

दाल भात तरकारी अचारको यादले भने उसलाइ सताइ नै रह्यो । तर उसले कुनै हालतमा व्रत तोड्ने पक्षमा छैन । दालभात तरकारी अचारले उसलाई ईश्वरको उपासनाबाट बन्चित गराएको हो भन्ने कुरा बुझेको छ ।

आज ऊ ईश्वर पृय भएर समय बिताउन चाहन्छ । यसै खुसीमा उसले आज गाजरको हलुवाको स्वादबाट पनि बन्चित हुन चाहँदैन । रातिसम्म उसले अझै केही नयाँ गैर- अन्न परिकारको स्वाद ग्रहण गरेर ईश्वरलाई मनग्गे खुसी पार्न चाहन्छ । आज ऊसले अन्न हालेन । अस्तु

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x