साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिफल

गएको साउनमा लेकबाट बगेको पानी रातै थियो मल भएर पानीसँगै बगेको पत्कर पनि रातै थियो रातो मलजल खाएको माटोले सेतो र पहेँलो फूल कसरी फुलाउन सक्ला ?

Nepal Telecom ad

लक्ष्मी माली :

यसपालिको तिहारमा
कजिनी दङ्ग पर्दै भन्न थालिन् ‘रातै राम्रो’
गोमा बज्यै छक्क पर्दै भन्न थालिन्
‘रातो भनेको त सौभाग्य हो !’
किन कि
बारीको सयपत्री फूल रातो रङ्गमा फुलेछ
काजीसाबले त सेतो गोदावरी
सार्नुभा’को थियो ।
पण्डितले पनि पहोलो सयपत्री
लगाउनुभा’को थियो
रातो भएर कसरी फुलेछ ?
माटोको धर्म
कजिनीलाई थाहा छैन क्यारे
गोमा बज्यैलाई पनि थाहा भएन क्यारे
गएको साउनमा
लेकबाट बगेको पानी रातै थियो
मल भएर पानीसँगै बगेको
पत्कर पनि रातै थियो
रातो मलजल खाएको माटोले
सेतो र पहेँलो फूल
कसरी फुलाउन सक्ला ?

०००
काठमाडाैं
फित्काैली अङ्क ३, (२०६२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x