साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म उचालिएको छु

सोच्नै नसक्ने गरी उचालिएको छु इतिहास रचेर मनका भित्ता होइन कार्यालयका भित्तामा झुण्डिएर पेट, गाला र कानका लोती सुन्निएर विगतका यथार्थहरू सबै भुल्दिएर उचालिएको छु ।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

म उचालिएको छु
सिटामोल खान नपाएको अवस्थामा
व्यङ्ग्य बनेर ठडाइएको भ्यूटावरसँगै
दोहोरिएर तेहोरिएर पदमा पुगेको उचाइसँगै ।

अकर्मण्य निस्काम र निष्क्रिय भएर
हम्मेसी नरचिने इतिहास बनाएर
आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा बजेट खन्याएर
आर्थिक हैसियतसँग मेल नखाने आलिशान महल ठड्याएर ।

हैँसियत नभएका आसेपासेलाई उच्च हैसियत दिलाएर
दलाल विचौलिया तस्कर र गुण्डालाई हात लिएर
दाश लम्पट धुपौरे र टाट्नेहरूको जयजयकार पाएर
देशलाई वैदेशिक ऋणको भारी बोकाएर ।

वर्षको तीन चार पटक गठबन्धन फेरेर
समर्थक र विरोधीहरूका मतदानका टाउका गनेर
भ्रष्टाचारका काण्डहरूमा अनिणर्यको बिर्को लाएर
बेलाबखत विदेशी प्रभु खुशी पार्न छिमेकमा धाएर ।

विकासका बजेटहरूमा कमिशनका नङ्ग्रा गाडेर
ठाउँ र समुदाय अनुसारका देवी देउता भाकेर
कहिले होलीवाइन र कहिले हिन्दूत्वका डिङ हाँकेर ।

सोच्नै नसक्ने गरी उचालिएको छु इतिहास रचेर
मनका भित्ता होइन कार्यालयका भित्तामा झुण्डिएर
पेट, गाला र कानका लोती सुन्निएर
विगतका यथार्थहरू सबै भुल्दिएर उचालिएको छु ।

तर डर छ मनमा अलिकति
दुर्गति पो हुने हो कि उत्तराद्र्धमा
उचालिएर आकाश छोए पनि
ड्यामोकल्सको तरवार म माथि उचालिएको देखेर
म भित्र भित्र डराएको छु ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x