साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बञ्जर (२१)

छोरामै धनमान ईज्जत हुने सारा कुलै चम्किने पानी दान दिने र पारि तरिने विश्वासले गम्किने । सारा व्यर्थ रहेछ आज यसरी छोरा बिराना भए हामी वृद्ध भयौँ थला परिगयौँ आशा मरी गैगए ॥

Nepal Telecom ad

हेम अधिकारी :

छोरामा खुब मख्ख मख्खसँगले सारै खुशी भैगयौँ
ऐश्वर्यै सब वृष्टिपात हुनगो हामी कुबेरै भयौँ ।
छोरैमा मनको यसै भुवनको धोको सबै भर्दियौँ ।
छोरी चैँ नहुँदा हुने बुझिलियौँ बन्ध्याकरण् गर्दियौँ ॥

छोरो अंश र वंश उज्ज्वल हुने यो जीवनी चम्किने
ऐलेको सुखभोग उत्तम हुने भावी सुधारी दिने ।
छोराले सब पुग्छ जीवनभरी भन्ने बुझेका थियौँ
छोरै तार्दछ वारपार जग यो झुट्टो बुझेका र’छौँ ॥

छोरामै धनमान ईज्जत हुने सारा कुलै चम्किने
पानी दान दिने र पारि तरिने विश्वासले गम्किने ।
सारा व्यर्थ रहेछ आज यसरी छोरा बिराना भए
हामी वृद्ध भयौँ थला परिगयौँ आशा मरी गैगए ॥

बाआमा रज बीज हुन्छ गुनिलो भन्ने बुझेको थियो
कस्तो भो पृय काखमा गुटुमुटी, छाती चुसेको थियो ।
पापी, धूर्त नहून् बरू सुत नहून् तानो बनाई दिने
आफ्नो श्रेय समाज प्रेय गतिला सत्पुत्र हुुन् सम्झिने ॥

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x