साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओभरलोड

ओभरलोडले दिने परिणाम त्यति सुखद हुँदैन । धेरै ओभरलोड जिन्दगी बाँच्नेहरू कालकोठरीमा जाकिएका छन् । कतिपय मुद्दा झेलिरहेका छन् । कतिपयले आन्द्राभुँडी समेत बान्ता गरिरहेछन् ओभरलोड खान्कीले ।

Nepal Telecom ad

कमल भैरवेली :

सर्वप्रथम शीर्षक नै अङ्ग्रेजी राखेकोमा कान समाएर माफी माग्न चाहन्छु । यो ‘ओभरलोड’ भन्ने शब्द अङ्ग्रेजी भए पनि हाम्रो जिब्रोमा सजिलै खेल्न सक्ने भएकोले अब यो शब्द अप्रिय नै सही हाम्रो पनि शानपूर्वक बोल्ने शब्द बनिसकेको छ । यो शब्दलाई नेपाली भाषामा आगन्तुक शब्दमा राख्दा हाम्रो भाषिक आयतन फराकिलो नै हुन्छ भनेर ठोकुवा गर्छु ।

विषय प्रसङ्गको कुरा गर्दा ओभरलोड भन्ने शब्द माल लोड गर्ने गाडीमा ज्यादा प्रचलित छ तथापि यस शब्द अहिलेको कलीकालमा बग्रेल्ती पाउन सकिन्छ । यतै ओभरलोड उतै ओभरलोड । बढि खायो ओभरलोड, बढी सुन्यो ओभरलोड हेर्‍यो ओभरलोड, कामको ओभरलोड जामको ओभरलोड । अस्पतालमा ओभरलोड, विद्यालयमा ओभरलोड, भट्टीमा ओभरलोडको त कुरै नगरौँ । ओभरलोडको कुरा गरि साध्ये छैन । यत्रतत्र सर्बत्र ।

ओभरलोडले गाडी पन्चर हुन्छ भने, दिमाग ह्याङ हुन्छ, कति त फुस्किन समेत बेर लाउदैनन् । कानमा ओभरलोड्को चाप पयोभने कानको श्रवणयन्त्रको बेट्री डाउन हुन्छ । आँखामा ओभरलोड्ले आँखाको नानी नै कानी हुन पुग्छे । त्यसैले ओभरलोड हुनु राम्रो मानिदैन । ओभरलोडले राज गर्ने प्रमूख केन्द्र वैवाहिक भोज भतेर, पूजाआजा, पास्नी ब्रतबन्ध, ठेक्कापट्टा परेपछिका सुखद क्षणहरू पनि हुन् । ओभरलोड भएकै कारणले कारमा गएको मानिस झल्लनटट्टु भएर लर्खराउदै घर फर्कन्छ । ओभर मापासे सेवन गरेर सवारी साधन हुक्याउँदा कतिको इहलिला समाप्त हुन पुग्छ । कतिले नालीको कीरासङ्ग मित गाँस्न पुग्छ्न् । कति घरको बेडरुम सम्झेर सडकमै पल्टिदा कुकुरले सु गरिदिँदा मुख बिगार्दै घर हुत्तिदै आउँछन् । यस्तो छ ओभरलोडेडहरूको कथा ।

बिजुली विभागमा कुलमान छिर्नु अगाडि सरकारले दुनियाँलाई ओभरलोडसेडिङको भासमा चुर्लुम्मै डुबाएकै हो । यद्यपि त्यो कुलमानकै पालामा पुनः बल्झिएको छ । सरकारले ओभरलोड करको भारी बोकाउँदा जनतालाई पृथ्वीग्रह नै राहु केतु ग्रहको रूपमा प्रकट भएको भान हुन थालेको छ । वैङ्कहरूले ओभरलोड ब्याजदर कायम गर्दा आम सर्वसाधारणले मर्नुकै विकल्पलाइ सर्बोत्तम ठानी दिनहुँ मरिरहेका छन् । सत्ता र शक्तिमा हुनेहरू अकूत सम्पत्ति थुपारेर ओभरलोड जिन्दगी बाँचिरहेका छन । दुर्गम जिल्लाका बासिन्दाहरू रोग भोक र गरिबीको ओभरलोड जिन्दगी बाँचिरहेका छन् । विद्यार्थीहरूले ओभरलोड गृहकार्यको सामना गरिरहेका छन् । अड्डा अदालतहरूले ओभरलोड काम र मुद्दामामिलाहरूको सामना गरिरहेकै छन् ।

ओभरलोडले दिमाग गोबर हुन बेर लाउदैन । अहिले आम सर्वसाधारण भन्दा ओभरलोड हुनेहरूमा नेता कर्मचारीवर्गहरू पर्छन् । भ्रष्टाचार ओभरलोडको अवस्थामा पुगेको छ । यसैको कारण देश र जनता हरिकङ्गाल भए । हरेक नेपालीको टाउकोले ओभरलोड रिनको सामना गरिरहेका छन् । खुसी नै मान्नुपर्छ त्यतिहुँदा पनि थुप्रै नेपाली महिलाहरू गहनागुरियाले ओभरलोड हुन छाडेका छैनन् । नाक कान घाँटी हात खुट्टामा मात्र होइन नाइटो समेत टलक्क टल्केको देख्न सकिन्छ ।

ओभरलोडले दिने परिणाम त्यति सुखद हुँदैन । धेरै ओभरलोड जिन्दगी बाँच्नेहरू कालकोठरीमा जाकिएका छन् । कतिपय मुद्दा झेलिरहेका छन् । कतिपयले आन्द्राभुँडी समेत बान्ता गरिरहेछन् ओभरलोड खान्कीले ।

ओभरलोड हामी नेपालीको परम्परा नै भैसकेको तथ्यलाई नकार्न सकिदैन । मासु खान्छौँ ओभरलोड हुने गरी, खीर पुलाउ घाँटीघाँटीसम्म आउन्जेल खाएपछि पनि रसबरी, गुलाबजामुन ठुस्न पाउँदा पृथक आनन्द आउँछ हामीलाई ।

त्यति खाएपछि चिसो पेय पदार्थमा आँखा गयो भने त्यसलाई बहिष्कार गर्नु हाम्रो कल्पनामा हुँदैन । ओभरलोड र हामी परिपुरक बनि सकेका छौँ ।

मोटरसाइकल वा साइकलमा सिङ्गो परिवार बोकेर ससुराल जानु, दुइदिन माइत जाँदा दराज खाली हुनेगरी सबै कपडालत्ता झोलामा खाँदेर लिएर जानु, छोरी आएको खुसीमा रमाइरहेकी आमालाई नन्द सासूका कुरा ठूलो सोरमा सुनाएर बोर लगाउनु पनि ओभरलोडका उदाहरण हुन् । ओभर लोड मन लिएर, ओभरलोड झोला बोकी, ओभरलोड गाडीमा यात्रा गरी माइत पुगेर ओभरलोड गुनासाहरू सुनाउँदा तीआमाको मनले थप ओभरलोडको सामना गर्नुपर्ने हुँदा त्यसो नगर्न विशेष आग्रह गर्छ यो भैरवेली ठिटो ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x