साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुख्छ छाती

यतै प्वाल पारी उतै प्वाल पारी बिरालो बन्यो जाल थाप्ने सिकारी भगाई मुसा ऊ स्वयं दङ्ग साथी व्यथा राष्ट्रका सम्झिँदा दुख्छ छाती ॥

Nepal Telecom ad

दिनेश पाण्डेय :

कतै भोकको मारमा छन् किसान
कसैमा सुनै मात्र सम्मान सान
जहाँ छैन ओछ्यानलाई घुसान
छ आकाशचुम्बी वहीँ आलिसान ॥

कसैको सदा बार्दलीमाथि बास
कसैमा भने थर्पुको छैन आस
बिनामासुको छैन काहीँ मिजास
कहीँ आँसुमै टर्दछन् चार गाँस ॥

बनी देशप्रेमी चहारेर दैलो
डुली गाउँका गाउँ खेलेर भैलो
चढी आज सत्ता तिमी न्याय मिच्छौ
डकारी डकारी स्वयं देश घिच्छौ ॥

यतै प्वाल पारी उतै प्वाल पारी
बिरालो बन्यो जाल थाप्ने सिकारी
भगाई मुसा ऊ स्वयं दङ्ग साथी
व्यथा राष्ट्रका सम्झिँदा दुख्छ छाती ॥

०००
०८०/०५/१३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
कहाँ जिरा कहाँ नुन

कहाँ जिरा कहाँ नुन

दिनेश पाण्डेय
जलो चलो भलो हलो र फलो साथी

जलो चलो भलो हलो...

दिनेश पाण्डेय
टिकाकाे आशीर्वाद

टिकाकाे आशीर्वाद

दिनेश पाण्डेय
चाहिन्न भो ! मलाई

चाहिन्न भो ! मलाई

दिनेश पाण्डेय
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x