साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उफर

सडकमा हल्ला गरिरहेका पशुपतिका भक्तहरूले माइक खोले । माइकको सानो आवाज थियो । त्यसमा बडेमानको थर्किने आवाज दिन उफरलाई ट्याक्क अन गरे । उद्घोषण चड्किलो स्वरले निस्क्यो । पशुपतिनाथले तपस्याको तन्द्राबाटै चिच्याए ।

Nepal Telecom ad

डा. विदुर चालिसे :

– “भव्य बनाउनुपर्छ !”
– “यो त नाटकै हो !”
– “नाटक तेरोको कि मेरो ?”
– “उसैको !”
मान्छेहरूको बिचमा बातचित चल्दैथियो । रेडियोमा गणतन्त्र रूपान्तरण बारे समाचार आयो । समाचारमा मुख्य प्रसङ्गको कायाकैरन चल्दै थियो ।
– “हिन्दुवादीहरूको नयाँ प्रयोग !”

बतासे काकाको कानमा समाचार सुटुक्क छिर्‍यो । उनी झसङ्ग भए । उनको मुटु त्यसै काम्नथाले । लगलग कामेको मुटु, फट फट चलेको कलेजो र त्रसित भएको मनको जलनका बिचबाट उद्घोष गरे ।
– “भैंसीशालाका लागि बजेट विनियोजन !”

हिन्दुवादीहरू अन्यौलमा परे । उनीहरूले गौशालाको अवतार परिवर्तन हुनेभएको देखेर पशुपतिनाथलाई विन्ति गरे ।
– “हजुर पनि महिषासुरमा परिवर्तन भएको हो ?”

महादेव झसङ्ग भए । यसो अगाडि लम्पसार परेर डुक्रिरहेको साँढलाई नियाले । अनर्थले चिच्याएका भक्तलाई सोध्न थाले ।
– “के तिमीहरूको जनैमा गणतन्त्रको ट्रेडमार्क छैन ?”

भक्तहरू नाजवाफ भए । उनीहरूमा कन्फ्युजन थियो । गणतन्त्रको धाक र हिन्दुत्वको नाक उनीहरूको जीवनमा चलेको बतास थियो । उनीहरूको दिमाग चक्करायो । फटाफट बक्न थाले ।
– “पशुका पनि पति हे पशुपति नाथ प्रभु ! हजुरको नाकैमुनि किन भैंसीको आइँ आइँ ?”
– “गणतन्त्रको धाक रूपान्तरण गर्न !”
– “गाईलाई धोएर गधा नभएजस्तै भैंसीलाई धोएर गाई बन्छ त प्रभु ?”
– तिमीहरू नै भन न त उसो भए । भैंसीलाई नधोए गाई भनेर पुजा गर्छौ त ?”

सडकमा हल्ला गरिरहेका पशुपतिका भक्तहरूले माइक खोले । माइकको सानो आवाज थियो । त्यसमा बडेमानको थर्किने आवाज दिन उफरलाई ट्याक्क अन गरे । उद्घोषण चड्किलो स्वरले निस्क्यो । पशुपतिनाथले तपस्याको तन्द्राबाटै चिच्याए ।

– “उफर जाओ ! उफर जाओ ! प्रभुजी कि बल से !”

०००
आरुबारी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
पैँतीस वर्ष

पैँतीस वर्ष

हरि खनाल
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x