विनाेद खनालगाईजात्रे कविता
नेपालमा दिनैपिच्छे गाई जात्रै जात्रा, ज्योतिषीले जान्दैनन् है हेर्न कुनै पात्रा । केटाकेटी छिल्लिई हिँड्छन, भयो बाख्रे जात्रा, कानुन बिनै देश चल्छ, यही हो गाई जात्रा ।

विनोद खनाल :
नेपालमा सधैंभरी गाई जात्रैजात्रा
बि ए पासले जान्दैनन् है साँवा अक्षर मात्रा
अनुशासन मान्दैनन् है आजकलका छात्र,
टाउको दुखे नेता गर्छन् विदेशको यात्रा ॥
नेपालमा दिनैपिच्छे गाई जात्रै जात्रा,
ज्योतिषीले जान्दैनन् है हेर्न कुनै पात्रा ।
केटाकेटी छिल्लिई हिँड्छन, भयो बाख्रे जात्रा,
कानुन बिनै देश चल्छ, यही हो गाई जात्रा ।
नेपालका नेताहरू साह्रै नै छन् खत्रा,
मौका परे देशै बेच्छन्, गर्छन् भैंसी जात्रा ।
अख्तियारले आलु खायो, संसदले केरा,
न्यायालय सर्न थाल्यो खोजी पैसे डेरा ।
कर्मचारी घुस खान्छन, धनीमानी जुस,
मँहगीले ढाड सेक्यो, जनतालाई भुस ।
माओवादी सत्ता छिर्यो कमाओबादी भयो,
एमालेको नौलो जनवाद बंगालतिरै गयो ।
काँग्रेसको झुटको खेती, झारा मात्रै टार्यो,
राप्रपाको फुटको खेल देश खत्तम पार्यो ।
जसपाको लिरबिर नीति काम दिने होइन,
समाजवादी नयाँ पाटी केही काम छैन ।
रा स्व पाको उर्लदो भेल कति दिन टिक्ला !
संविधान बाँझो भयो, कानुन थारो भयो,
भिट्टा प्लानिङ गरि खेत बगर जस्तै भयो ।
कृषि प्रधान देश हाम्रो खेत बाँझो राखौं,
खेती बाली नलाएर स्वाद मात्रै चाखौं ।
प्रजातन्त्र, लोकतन्त्र, भोकतन्त्र यात्रा,
गणतन्त्र, भाँडतन्त्र, जाँडतन्त्र मात्र ।
नेपालमा दिनैपिच्छे हुन्छ गाईजात्रा,
नेपालमा जन्मिउन् है सबै असल पात्र ॥
०००
धुलाबारी, झापा
Subscribe
Login
0 Comments
Oldest








































