साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोडा, नेता र जात्रैजात्रा

कता हो दौडिने थाहा छैन निर्देश पर्खिने हिन्हिनाए बिनासित्ति तवेला ध्वस्त पार्दिने । चना दिन्छ कुनै अर्को अर्कै कोही सवार छ चुनावी याममा नेता हेर कस्तो हतार छ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

घोडे जात्रा छ नेताको कोही बोकेर कुद्दछन्
हरियो घाँस चाराको बुजो हाल्छन् लुँड्याउछन् ।

जात्रै जात्रा छ नेताको घोडेजात्रा जताततै
जात्रामात्र भए हुन्थ्यो हुने हल्लुँडझैँ यसै ।

सवारी पीठमा बोकी तबमात्र चले यिनी
कसेर हानियोस् कोर्रा तत्कालै ती कुदे अनि ।

अर्काको डाहले भारी आफूमाथि चढाउने
जिन्दगीभर बाँधिन्छन् घाँस खाएर उग्रने ।

कता हो दौडिने थाहा छैन निर्देश पर्खिने
हिन्हिनाए बिनासित्ति तवेला ध्वस्त पार्दिने ।

चना दिन्छ कुनै अर्को अर्कै कोही सवार छ
चुनावी याममा नेता हेर कस्तो हतार छ ।

गाई स्वतन्त्र देखेमा मान्छेका कान फुक्दछ
बोकेर पीठमा मान्छे गाई पक्रन लाउँछ ।

गधाको वीर्य थापेर जन्मे सन्तान खच्चर
घोडा हो जे छ जस्तो छ उस्तै नेता यहाँ तर ।

०००
भरतपुर -५ चितवन
हाल ः बैजनाथ -१ चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
पाइँनेछ मिठो फल

पाइँनेछ मिठो फल

घनश्याम रेग्मी
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

घनश्याम रेग्मी
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x