लक्ष्मण नेवटियाभुकम्पलाई विन्ती-पत्र
उद्योगको ब्वायलरमा बल्नु पर्ने आगो सडकमा बल्दैछ । हाम्रो कुभलो चिताउने मौका पर्खदैछ । घ्यू खाएको पचाउन नसक्दा जस्तै कुकुर खुइलिन्छ त्यस्तै दशा हाम्रो पनि भइगएछ ।

लक्षमण नेभटिया :
परम आदरणीय भुकम्प दाइ !
तपाईंले के नै पाउने हो पटक पटक
हामीलाई हल्लाई- हल्लाई ।
यो कुरा एकदमै भएन जाती,
कहिले दिनमा त कहिले सुटुक्क
भुँइ थर्काउन प्रवेश गर्नु हुन्छ
सुइँक्क राति राति ।
पहिले नै हाम्रो महंगीले त कतै
जातीय घृणाले हाल बेहाल छ ।
धार्मिक उन्माद, वैर वैमनस्य
बढाउन खोज्नेहरूको बवाल छ ।
आची गर्ने भन्दा पनि यहाँ
देख्नेलाई लाग्न थाल्यो लाज
सस्तो छ मानिस महंगो छ प्याज ।
सबै लागेका छन् अरूको खोइरो खन्न
बसेका छन् धन्न अरूको गल्ती गन्न ।
घोडाको मूत पराजित बहुमतबाट
गरिन्छ गहुँत प्रमाणित ।
हेरेर नित्य यिनका चाला
जनता भएका छन् आजित ।
देश बनाउने हातहरूलाई
कतार जाने हतार छ ।
च्याउ विचारको जताततै विस्तार छ ।
बाघले झै झम्टन अभाव तैयार छ ।
अराजक सबैतिर भईरहेको व्यवहार छ ।
उद्योगको ब्वायलरमा बल्नु पर्ने आगो
सडकमा बल्दैछ ।
हाम्रो कुभलो चिताउने मौका पर्खदैछ ।
घ्यू खाएको पचाउन नसक्दा
जस्तै कुकुर खुइलिन्छ
त्यस्तै दशा हाम्रो पनि भइगएछ ।
हे भुकम्प दाइ !
पीडामा पीडा किन थप्नुहुन्छ यसरी झन् झन्,
कृपया नदिनुस् न थप प्रकम्पन्न दन-दनादन ।
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest







































