साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुकम्पलाई विन्ती-पत्र

उद्योगको ब्वायलरमा बल्नु पर्ने आगो सडकमा बल्दैछ । हाम्रो कुभलो चिताउने मौका पर्खदैछ । घ्यू खाएको पचाउन नसक्दा जस्तै कुकुर खुइलिन्छ त्यस्तै दशा हाम्रो पनि भइगएछ ।

Nepal Telecom ad

लक्षमण नेभटिया :

परम आदरणीय भुकम्प दाइ !
तपाईंले के नै पाउने हो पटक पटक
हामीलाई हल्लाई- हल्लाई ।
यो कुरा एकदमै भएन जाती,
कहिले दिनमा त कहिले सुटुक्क
भुँइ थर्काउन प्रवेश गर्नु हुन्छ
सुइँक्क राति राति ।

पहिले नै हाम्रो महंगीले त कतै
जातीय घृणाले हाल बेहाल छ ।
धार्मिक उन्माद, वैर वैमनस्य
बढाउन खोज्नेहरूको बवाल छ ।

आची गर्ने भन्दा पनि यहाँ
देख्नेलाई लाग्न थाल्यो लाज
सस्तो छ मानिस महंगो छ प्याज ।
सबै लागेका छन् अरूको खोइरो खन्न
बसेका छन् धन्न अरूको गल्ती गन्न ।
घोडाको मूत पराजित बहुमतबाट
गरिन्छ गहुँत प्रमाणित ।
हेरेर नित्य यिनका चाला
जनता भएका छन् आजित ।

देश बनाउने हातहरूलाई
कतार जाने हतार छ ।
च्याउ विचारको जताततै विस्तार छ ।
बाघले झै झम्टन अभाव तैयार छ ।
अराजक सबैतिर भईरहेको व्यवहार छ ।

उद्योगको ब्वायलरमा बल्नु पर्ने आगो
सडकमा बल्दैछ ।
हाम्रो कुभलो चिताउने मौका पर्खदैछ ।
घ्यू खाएको पचाउन नसक्दा
जस्तै कुकुर खुइलिन्छ
त्यस्तै दशा हाम्रो पनि भइगएछ ।

हे भुकम्प दाइ !
पीडामा पीडा किन थप्नुहुन्छ यसरी झन् झन्,
कृपया नदिनुस् न थप प्रकम्पन्न दन-दनादन ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x