साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्री भएर गाडीमा चढ्दा

आनन्दको लोकमा शैर गरी आफूलाई ठानी स्वर्गकी परी सपनाको राजकुमारको यादमा कल्पनामै मजा लिएँ मनभरि भन न सङ्गी छुट्ने बेलामा गरोस् बाई ! तिमीलाई पनि लाग्छ कि नाइँ ?

Nepal Telecom ad

गोपाल काफ्ले :

म राम्री युवती
झन् राम्री भएर
गाडीमा यात्रा गर्दा
झुर बुढासँग
सिटमा पर्दा
ह्यान्डसम लक्का जवान छेउमा परोस्
मेरो आँखाको तारिफ गरोस्
ओठ देखेर खुत्रुक्क परोस्
ढेपिएर मैतिर सरोस्
मसक्क-मसक्क मस्कियोस्
मलाई हेरेर झस्किओस्
भन न सङ्गी
छुट्ने बेलामा गरोस् बाई !
तिमीलाई पनि लाग्छ कि नाइँ ?

हिमालमा नजर रोकियोस्
पहाडमा आँखा ठोक्कियोस्
टाकुरादेखि तराई छ्याङ्ग देखियोस्
मेरो नाम उसको मनमा लेखियोस् ….
मोडमा जोडले
दुवै एकैतिर मोडिऊँ
संयोगले भने पनि
एकछिन जोडिऊँ
उसको धड्कन बढोस्
गालामा लाली चढोस्
मायाले बोलिदिए हुन्थ्यो
मनको भाव खोलिदिए हुन्थ्यो
भन न सङ्गी
छुट्ने बेलामा गरोस् बाई !
तिमीलाई पनि लाग्छ कि नाइँ ..?

नजानिँदो पाराले
हलचल गरोस्
अझ मेरै वरवर सरोस्
गन्तव्य अझ टाढियोस्
आपसमा माया बाँडियोस्
कर्के आँखा एक्कासी जुधून्
गाडी अघि शरद् कुदून्
बीचबीचमा ब्रेक झ्याप्प लागोस्
उसलाई पनि श्रृङ्गार जागोस्
भन न सङ्गी …
छुट्ने बेलामा गरोस् बाई !
तिमीलाई पनि लाग्छ कि नाइँ ?

आनन्दको लोकमा शैर गरी
आफूलाई ठानी स्वर्गकी परी
सपनाको राजकुमारको यादमा
कल्पनामै मजा लिएँ मनभरि
भन न सङ्गी
छुट्ने बेलामा गरोस् बाई !
तिमीलाई पनि लाग्छ कि नाइँ ?

“गाडीभरी बुढाको घुर सुघिँयो
बल्लतल्ल गन्तव्यमा पुगियो
मसक्क मस्कँदै आयो मेरो हिरो
यति भएपछि मलाई पुगि’गो !
भन न सङ्गी ….
छुट्ने बेलामा गरोस् बाई !
तिमीलाई पनि लाग्छ कि नाइँ ?

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x