साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरदेखि सावधान !

कुकुर पाल्दा एउटै कुराको डर छ ... गेटमा ‘कुकुरदेखि सावधान !’ लेख्दा मेरो घरलाई कुकुरकै घर पो ठान्लान् कि ? मान्छेलाई पनि कुकुर नै पो मान्लान् कि ? दोधारमा परेको छु तैपनि ... मैले कुकुर पाल्ने विचार गरेको छु ।

Nepal Telecom ad

गोपाल काफ्ले :

कुकुर पाल्न मन छ
अरु वस्तुभाउ फाल्न मन छ
कुकुर पालेर
अर्काको दैलामा हगाउन मन छ
मुताउन मन छ
सँगै सुताउन मन छ
कुकुरलाई ख्वाइदिन मन छ
सेम्पुले नुहाइदिन मन छ
डोर्‍याएर गाउँ चाहार्न मन छ
बुढा बाआमा भाडमा जाऊन् …
दुःख गरेर कुकुर स्याहार्न मन छ
सबैभन्दा प्रिय इष्ट बनाउन मन छ ..

कुकुर पालेर …..
भ्रष्टाचारीलाई भुकाउनु छ
व्यभिचारीलाई सुघाउनु छ
कालाबजारीलाई ढोकामै रुगाउनु छ
अहम्को धुरी चढेकालाई नुगाउनु छ

यस्तो कुकुर पाल्नु छ …
जसले सुनभ्रष्टलाई सुघिदिंदा ऊ सुन होओस् ..
नुनभ्रष्टलाई सुघिदिंदा ऊ नुन होओस्
पैसाभ्रष्टलाई सुघिदिंदा ऊ पैसा होओस्
व्यभिचारीको व्यभिचार नष्ट होओस्
आतङ्ककारीको आतङ्क …
बलात्कारी
दुराचारी
थरीथरीका काण्डका ….
भ्रष्टहरुलाई पनि सुघाउन मन छ ….
त्यसैले एउटा कुकुर पाल्न मन छ . .

कुकुर पाल्दा एउटै कुराको डर छ …
गेटमा ‘कुकुरदेखि सावधान !’
लेख्दा मेरो घरलाई कुकुरकै घर पो ठान्लान् कि ?
मान्छेलाई पनि कुकुर नै पो मान्लान् कि ?
दोधारमा परेको छु
तैपनि …
मैले कुकुर पाल्ने विचार गरेको छु ।

०००
हेटौडा-५ ,चिम्नीडाँडा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x