कृष्ण प्रधानके ल्याइदिउँ ?
अन्त पो कोल्टे बस्नुभाको ? हाम्रा मालिक किन कना भयो भन्दैछु नि । (सुम्ला हेर्दै) बाफरे मेन गेटमै ? एक नम्बर र दुइ नम्बर गेटमै भेटेछ धन्य सानो गेट बाँचेछ । जिब्रोले चाट्न सक्नुहुन्छ ?

कृष्ण प्रधान :
दृश्य विवरण – बैठक कोठामा मालिक कोल्टे परेर बसिरहेका बेला घरको कुकुर (स्याण्डु) को प्रवेश ।
स्याण्डु – गुड मर्निङ सर । बाघले कोपरोस् तर यो पुलिस भन्नेले नठटावोस् ।
मालिक – नभन् स्याण्डु नभन् । कौडेहरूले यति डरलाग्दो लाठी प्रहार गरेको छ कि भनेर साध्यै छैन ।
स्याण्डु – दुख्छ सर ?
मालिक – दुख्दैन ! कस्तो कुरो गरेको ? पुलिसको कुटाइ तँलाई के थाहा ?
स्याण्डु – हामीलाई चिरुवा दाउराले, जे ले पायो त्यसैको झटारो हान्नमा तपाईंहरू पनि पुलिसभन्दा कम्ति ता छैन है । हाम्रो जीउ फलामले बनिएको छैन । दुख्छ हामीलाई पनि ।
मालिक – (पछिल्तिरको सुम्ला देखाउँदै) हेर् ता ब्याकमा सुम्ला । बस्नुभाको छैन अन्त ।
स्याण्डु – अन्त पो कोल्टे बस्नुभाको ? हाम्रा मालिक किन कना भयो भन्दैछु नि । (सुम्ला हेर्दै) बाफरे मेन गेटमै ? एक नम्बर र दुइ नम्बर गेटमै भेटेछ धन्य सानो गेट बाँचेछ । जिब्रोले चाट्न सक्नुहुन्छ ?
मालिक – के भन्छ यो ? मैले चाट्नु मेरो घाउ ?
स्याण्डु – खै हामीले हाम्रो घाउ चाटेरै निको पार्छौ ता ।
मालिक – मेरो जिब्रो त्यहाँसम्म पुग्छ ?
स्याण्डु – हाम्रो पनि कहाँ पुग्छ र हजूर ! हामी ता जुलेबीजस्तो क्विँक्क घुमेर चाट्छौं नि । (बाहिर अरु कुकुर भुकेको सुनेर स्याण्डु पनि भुक्दै बाहिर निस्कन्छ । मूसा र मूसीको प्रवेश)
मूसी – ओ मुसपापा ! अस्तिदेखि सोफामा कना भएर बस्ने त्यो मान्छे को हो ?
मूसा – यै ता हो घरको मालिक ।
मूसी – (छक्क परेर) खै कहिल्यै देखिनँ ता यो घरमा ।
मूसा – लकडाउनले गर्दा थन्केको नि । नत्र यो मान्छेको घरमा वास नै कहाँ हुन्थ्योत र !
मूसी – सुतेको मात्रै देख्छु ।
मूसा – लकडाउनको बेला हनुमान सञ्जीवनी बुटी लिनु गाको जस्तो बाहिर डुलिहिँड़्दा पुलिसको ईङ्गलिश धुलाइले पासपोर्ट हराएको फरेनर्सजस्तो भाको देखिनौ ?
मूसी – ठिक पारेछ सालालाई । यसलाई ता हाम्रो सराप लागेको नि । ढाढे बिरालो ल्याएर यसले मेरा सात-सातवटा नानीलाई क्वाप क्वाप खानुलाउने यही हो नि ।
मूसा – नानीहरूले पनि ता यो मोरोको नयाँ सुटू भुर्कुट पारेछन् अन्त ।
मूसी – लुगाफाटा, सिरक, तोसक, सिरानी, खाता-किताब भुर्कुट पार्ने हाम्रो जातै हो । (स्याण्डो पूच्छर हल्लाउँदै भित्र पस्दा मूसाहरू साइसुत्तै हुन्छन्) ।
स्याण्डो – बोरिङ्ग भैसक्यो होला सरलाई…जाँैं एकक्षण पल्लो गाउँतिर….
मालिक – दिल्लगी गरेको ? अस्ति बाहिर निस्किँदा पुलिसको लाठीले यहाँ थला परेको देखिनस् ? फेरि पुलिसको धुलाइ खावोस् भन्छस् कि क्यो हो ?
स्याण्डो – (भक्भकिँदै) त्यसो भए म एकक्षण बाहिर डुलेर आउँछु ल । तपाई कोल्टे परेर बस्दै गर्नोस् । तपाईलाई केही ल्याइदिउँ ?
मालिक – के ?
स्याण्डो – पान, सिग्रेट, खैनी, गुटखा ।
मालिक – (रिसिएर) जा उता । (स्याण्डो पुच्छर हल्लाउँदै बाहिर निस्कन्छ) ।
ध्वनि परिवर्तन
स्याण्डो – (नेपथ्यबाट) मालिक बाहिर ननिस्किनोस् ल । फेरि अर्को गेट पनि….
बिस्तारै पर्दा खस्छ ।
०००
सिलिगुडी (भारत)
Subscribe
Login
0 Comments
Oldest








































