साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाण्डू

दास दासीको हो काठमाण्डू ! काठमाण्डू हाकुपटासीको होइन । होइन, हुँदो कुरो बोल्नेको होइन नाङ्लो पसल खोल्नेको होइन ! सुनका घोगा पोल्नेको हो काठमाण्डू मकैका घोगा पोल्नेको होइन !

Nepal Telecom ad

अर्जुन पराजुली :

काठमाण्डू
बलियाको हो, बाङ्गाको हो
भोका नाङ्गाको हाेइन, अघाएका नाङ्गाको हो !

घर नहुनेको होइन
भारी बोक्नेको होइन !
डोको राख्ने ठाउँ भाडामा लिएर
तरकारी जोख्नेको होइन !
मात लागेर खोक्नेको हो काठमाडू
दम लागेर खोक्नेको होइन !

काठमाण्डू नेपालभाषीको होइन
नेपालीभाषीको होइन !
दास दासीको हो काठमाण्डू !
काठमाण्डू हाकुपटासीको होइन ।
होइन, हुँदो कुरो बोल्नेको होइन
नाङ्लो पसल खोल्नेको होइन !
सुनका घोगा पोल्नेको हो काठमाण्डू
मकैका घोगा पोल्नेको होइन !

दिल्ली, बेइजिङ, वासिङ्टन
कसको हो काठमाण्डू मलाई थाहा छैन !
मेरो साथी ! मलाई यति थाहा छ-

काठमाण्डू तिम्रो होइन
काठमाण्डू मेरो होइन !!

०००

कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x