साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सांसदहरू सुपरमार्केटमा…

तर, फरक के छ भने- तिनीहरूको देशमा आफ्नु कार बनाउन पार्टपूर्जा पनि आफ्नै चाहिन्छ, मेरो देशमा आफ्नु सरकार बनाउन सांसदहरू आफ्नु चाहिँदैन, सुपरमार्केटमा किन्न पाइन्छ ।

Nepal Telecom ad

अर्जुन पराजुली :

तिनीहरूको देशमा दिनकादिन
पुरानु कार भत्किन्छ, नयाँ कार बन्छ !
मेरो देशमा दिनकादिन
पुरानु सरकार भत्किन्छ, नयाँ सरकार बन्छ !

तिनीहरूको देशमा नयाँ कार बनाउन
नयाँनयाँ यन्त्रको आविष्कार हुन्छ !
मेरो देशमा नयाँ सरकार बनाउन
नयाँनयाँ षडयन्त्रको आविष्कार हुन्छ !

तिनीहरूको देशमा यन्त्रले
फलाम काटछ, पगाल्छ, तोडछ, जोड्छ, र
कार पहिलेको भन्दा सुन्दर बनाउँछ !
मेरो देशमा षडयन्त्रले
पार्टी तोड्छ, फोड्छ, जोड्छ, र
सरकार, पहिलेको भन्दा कुरुप बनाउँछ !

तर, फरक के छ भने-
तिनीहरूको देशमा आफ्नु कार बनाउन
पार्टपूर्जा पनि आफ्नै चाहिन्छ,
मेरो देशमा आफ्नु सरकार बनाउन
सांसदहरू आफ्नु चाहिँदैन,
सुपरमार्केटमा किन्न पाइन्छ ।

०००
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
के हुन्छ कमरेड ?

के हुन्छ कमरेड ?

अर्जुन पराजुली
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x